१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

खेलकुद

भूटानलाई हराउँदै फिदिम स्पोर्टिङ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा



फिदिम, १९ पुस । पाँचथरको फिदिममा जारी आमन्त्रित अन्तराष्ट्रिय फाल्गुनन्द गोल्ड कप प्रतियोगिता अन्तर्गत आठौं संस्करणको क्वाटर फाइनल खेल सोमवारदेखि सुरु भएको छ । फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा जारी आज भएको पहिलो क्वाटर फाइनल खेल फ्रेण्ड्स क्लव भूटान र आयोजक टीम फिदिम स्पोर्टिङ क्लव बीच प्रतिस्पर्धा भएको थियो ।
आज सम्पन्न पहिलो क्वाटर फाइनल खेलमा आयोजक टीम फिदिम स्पोर्टिङ क्लवले फ्रेण्ड्स क्लव भूटानलाई २–० गोल अन्तरले हराउँदै सेमी फाइनलमा प्रवेश गरेको छ । खेलको दोस्रो हाफको ६० औं मिनेटमा पहिलो र ७९ औं मीनेटमा दोश्रो गोल गर्दै स्पोर्टिङ क्लवका खेलाडी शरण बस्नेतले आफ्नो टीमलाई बिजयी गराउन सफल भएका थिए ।
फ्रण्ड्स क्लव भूटानका गोल रक्षक निशान भूजेलको गल्तिलाई सदुपयोग गर्दै स्पोर्टिङ क्लवका खेलाडी शरण वस्नेतले दुवै गोल गर्न सफल भएका थिए । भने भूटानका खेलाडिहरुले अन्तिम समयसम्म प्रयास गरे पनि कुनै गोल गर्न सफल भएन ।  ट्राइसेटमा वाई पाएका भूटानले एकै चोटि क्वाटर  फाइनल खेलेका थिए ।
आज भएको क्वाटर फाइनल खेलको उत्कृष्ठ खेलाडी फिदिम स्पोर्टिङ क्लवका नरेश सम्वाहाम्फे घोशित भएका छन् । भोलि बुधबार हुने दोश्रो क्वाटर फाइनल खेल चर्ज ब्वाइज क्लव काठमाण्डौ र कर्ण सिं सोनाम स्मृती क्लव ताप्लेजुङ बीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लवले जनाएको छ ।

प्रकाशित : १९ पुस २०७३, मंगलबार ००:००