८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

संसद बैठक २४ गतेसम्म स्थगित



parlimentकाठमाडौं १९, पुष । संसद बैठक मंगलबार पनि स्थगित भएको छ । सर्वोच्चको आदेश पछि कुनै न कुनै रुप जारि अवरोध अन्त्य हुने संकेत देखिएपछि दलहरुबीच थप छलपलका लागि बैठक पुष २४ गतेसम्म स्थगित गरिएको हो । संसदको कार्य व्यवस्था परामर्श समितिले सभामुखलाई बैठक स्थगित गरी पुस २४ गते राख्न सुझाव दिएपछि सूचना टाँसेर बैठक स्थगन भएको छ ।

बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अदालतको आदेशको सार एमालेको निर्णय बमोजिम नै आएको दाबी गर्दै शीर्ष तहमा छलफल गर्नका लागि २४ गतेसम्मको समय दिनु उपयुक्त हुने बताएका थिए ।

नेम्वाङको प्रस्तावमा कांग्रेस नेता रामचन्द्र पौडेल, राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरी लगायतले सहमति जनाएका थिए । मंगलबारको बैठकसंगै दलहरु सहमतिको दिशामा अघि बढेको संकेत गरेको छ ।

प्रकाशित : १९ पुस २०७३, मंगलबार ००:००