७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

खेलकुद

नेपाल साफ महिला च्याम्पियनसीपको सेमिफाइनलबाटै बाहिरिए



ttt

काठमाडौं । भारतसँग ३–१ गोलले पराजित हुँदै नेपाल चौथो साफ महिला च्याम्पियनसीपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

आज भारतको सिलिगुडीस्थित कञ्चनजंगा रंगशालामा भएको पहिलो सेमिफाइनलमा नेपाल भारतसँग तीन एक गोलले पराजित भएको छ । पहिलो हाफको अन्तिममा कमलादेवीले गोल गर्दै भारलाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा पनि नेपाल दबाबमै रहे । ५८औं मिनेटमा इन्दुमतीले गोल गर्दै भारतलाई दुई गोलको अग्रता दिलाइन् ।

नेपालले ७५औं मिनेटमा पेनाल्टीको अवसर पायो । स्ट्राइकर सावित्रा भण्डारीले पाएको अवसरलाई सदुपयोग गरिन । ८४औं मिनेटमा भारतले तेस्रो गोल र्गयो । कर्नरबाट प्राप्त बललाई स्ट्राइकर सस्मिता मलिकले गोलमा परिणत गरेकी हुन् । चीर प्रतिद्धन्दी भारतसँग यसअघि भएको प्रायः सबै प्रतिस्पर्धामा नेपालले पराजय व्यहोरेका छन् । यस पटक पनि नेपालले इतिहास बदल्न सकेन ।

प्रकाशित : १८ पुस २०७३, सोमबार ००:००