१३ चैत्र २०८०, मंगलबार । March 27, 2024

मुख्य खबर

संसद बैठक आज पनि अबरुद्ध



काठमाडौं । नेकपा एमाले लगायतका नौ विपक्षी दलले संसद बैठक आज पनि अवरुद्ध गरेका छन् । विपक्षी दलका सांसदहरु उठेर अवरोध गरेपछि सभामुख ओनसरी घर्तीमगरले अपरान्ह चार बजेसम्मका लागि बैठक स्थगित गरेकी छन् । चार बजेसम्ममा सभामुखले सहमतिको प्रयास गर्ने संसद सचिवालयले जनाएको छ ।

सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि एमालेलेले त्यसलाई फिर्ता लिनुपर्ने भन्दै संसद अबरोध गर्दै आएको छ। सभामुख घर्तीले दलहरुलाई सहमतिको छिटो पुग्न संसदको अवरोध खुलाउन आग्रह गर्दै आएकी छन् । यस अघि विहिबार पनि विपक्षी दलको अवरोधका कारण संसद चल्न नसकेपछि सहमतीका लागि भन्दै तीन दिन वैठक स्थगीत गरेका थिइन

 

 

प्रकाशित : १८ पुस २०७३, सोमबार ००:००