१० बैशाख २०८१, सोमबार । April 22, 2024

मनोरञ्जन

रुपा राईको एल्बम ‘सम्झौताको डुंगाभित्र’ सार्वजनिक



15841189_641221169383290_1608062221_n

गीतकार रुपा राईको आधुनिक गीति एल्बम ‘सम्झौताको डुंगाभित्र’ बिहीवार विमोचन गरिएको छ ।
किरात राई यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा संगीतकार शान्तिराम राई, गायिका पार्वती राई र कवियत्री विमला तुम्खेवाले संयुक्त रुपमा एल्बम विमोचन गरेका छन् ।
दृष्टिविहीन गीतकार राईको यो पहिलो एल्बम हो । जसमा उनका आठ ओटा गीतहरु छन् ।
एल्बम विमोचन कार्यक्रममा उनले आफ्ना गीतहरुमा पीडादायी शब्दहरु रहेको बताइन् ।
‘मेरा गीत सुनिसकेपछि यिनको जीवनमा धेरै पीर व्यथाहरु रहेछ भन्ने पनि लाग्न सक्छ,’

15801714_641221186049955_253940483_n

उनले भनिन्, ‘तर सबै मान्छेहरुको जीवनमा समस्या र अभाव हुन्छ नै । मैले त्यस्तैत्यस्तै विषय गीतमार्फत पाखेकी छु ।’
एल्बममा ‘सम्झौताको डुंगाभित्र’, ‘कैयौ समय’, ‘एकान्त यो’, ‘फर्केर नआई’, लगायत बोलका गित रहेका छन् । उनका गीत कृष्णभक्त राई, अन्जु पन्त, नरेन्द्र प्यासी, स्मृति शाही, राजेशपायल राई, श्रेया चेम्जोङ, सुन्दर लामा र कविता काफ्लेले स्वर दिएका छन् ।

प्रकाशित : १६ पुस २०७३, शनिबार ००:००