१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

प्रोफाइल

इमान्दार कम्यूनिष्ट नेताका रुपमा एमाले हेडक्वाटरमा काम्बाङको चर्चा



2-ganesh-k-kambang

गणेशकुमार काम्बाङ पाँचथरबाट अहिले संसदमा प्रतिनिधित्व गर्ने सबै भन्दा अग्रज सांसद हुन । उनी पाँचथर क्षेत्र न.ं १ बाट प्रत्यक्ष निर्वाचित माननीय हुन । धैर्यता र इमानदारीताको प्रतिकका रुपमा लिइन्ने काम्बाङको सरल जीवन उच्च विचार धेरैका लागि रोलमोडेल बन्न सक्छ । संसदीय र अराजक गुटको राजनीतिले क्षतविक्षत यो समयमा कोही इमान्दार कम्यूष्टि छ भने त्यो पाँचथरको गणेश काम्बाङ हो भनेर एमाले हेड्क्वाटरमा समेत उहाँका बारेमा चर्चा हुने गर्छ । धेर्यता , इमान्दारीता र उत्कृष्ट जिल्ला संगठन चलाएको भन्दै केहि बर्ष अगाडी नेकमा एमाले केन्द्रीय कमिटिले पुरस्कृत समेत गरेको थियो ।
गणेशकुमार काम्बाङको जन्म वि.स.२०१० बैसाख २० गते भएको हो । बुवा लालबहादुर काम्बाङ र आमा लाखमोती काम्बाङको कोखबाट नागी १ मा जन्मिएका उनीले भारतमा प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् । थर्पू निमाविमा १७ बर्ष शिक्षण गरेको अनुभव छ काम्बाङसंग । त्यसैले गाउँघरमा माननीय भन्दा पनि सर भनेर सम्बोधन हुन्छ । आफैले पढाएका विद्यार्थीहरु अहिले जिल्ला तथा अन्य विभिन्न तहमा नेता कार्यकर्ता भएका छन् । त्यसले कतिपय सन्दर्भमा सांगठनिक काम गर्न समेत सजिलो भएको अनुभव छ काम्बाङसंग । पाँचथरका पुराना मध्येका एक कम्यूनिष्ट नेता गणेशकुमार काम्बाङ पार्टीमा २०३३ सालबाट सक्रिय छन् । जिल्लामा लामो समय पार्टी नेतृत्व सम्हालेका काम्बाङ नेकपा एमालेका पूर्व केन्द्रिय सदस्य हुन । पहिलो संविधानसभामा सबै भन्दा कम मतान्तरले पराजित भएर उनी चर्चित बनेका थिए । दुई छोरा तीन छोरीका धनी काम्बाङ हाल मित्रनगर नयाँ बसपार्कमा बसोबास गर्छन् ।

प्रकाशित : १३ पुस २०७३, बुधबार ००:००