१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

Life Style

न्यूयोर्कमा (उधौली) साकेला



krsaन्यूयोक । सुम्निमा साँझ नामदिएको साकेला कार्यक्रम न्युयोर्कको अस्टोरियामा सम्पन्न भएको छ । आईतबार भएको कार्यक्रममा साकेलासिली (नाच) प्रदर्शनी गरिएको थियो । सकेलासँगै विभिन्न ब्याक्तित्वलाई सम्मान, गायन, नृत्य, अन्य जातिका संस्कृती लगायत प्रदर्शन गरिएका थिए । कार्यक्रम संयोजक मनु लोहरुङ राईका अनुसार  नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) , अमेरिका र सांगीतिक स्रष्टा पविधन खालिङलाई सम्मान गरिएको छ ।
यसैगरी मगर संघ अमेरिकाको सौजन्यमा मगर संस्कृतिको कौडा नृत्य प्रस्तुत गरिएको थियो । नेपाली गीत संगीत प्रस्तुतीतर्फ सपनाश्री, पविधन खालिङ, बिमल डाँगी, सुमन बुढा, राजेन्द्र राई, तिलक श्रेष्ठ, बसन्ती राई, यशोदा खालिङ, एञ्जिला राई, आदित्य लामा, राहुल राई लगायतले विभिन्न गीत प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए । यसैविच मञ्जु राई, तारा गुरुङ, मालती मगर लगायतले आकर्षक नृत्य गरेका थिए ।krsaa
कार्यक्रमको प्रमुख अतिथि फिप्नाका अध्यक्ष लुईसाङ वाईवाले साकेलाको अवसरमा शुभकामना मन्तब्य दिने क्रममा किरात राई सोसाईटीले अयोजना गर्ने यस किसिमको कार्यक्रम न्युयोर्कमै लोकप्रिय हुँदै गएको बताए । यस अवसरमा सोसाईटीका केन्द्रीय अध्यक्ष चन्द्रकुमार राई, वोर्ड चेयरमेन प्रमोद थुलुङ लगायतले उधौली साकेलाको अवसरमा शुभकामना दिएका थिए । कार्यक्रम आयोजक च्याप्टरकी अध्यक्ष भारती राईको अध्यक्षतामा भएको थियो ।

प्रकाशित : १२ पुस २०७३, मंगलबार ००:००