९ आश्विन २०८०, मंगलबार । September 26, 2023

Slider samachar

हराइरहेको रूसी सैन्य विमान दुर्घटनाग्रस्त



2016_12largeimg25_dec_2016_122739212उडान भरेको २० मिनेटमा नै वेपत्ता भएको रूसी सैन्य विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । टीयू-१५४ विमान सोचीबाट डेढ किलोमिटरको दूरीमा रहेको ब्ल्याक सीको करिब ५० देखि ७० मिटर गहिराईमा फेला परेको रुसी रक्षा मन्त्रालयले जनाएको छ। सोचीस्थित विमानस्थलबाट उडेको केही समयपछि नै उक्त विमानको राडरसँग सम्पर्कविच्छेद भएको थियो।

रुसको रक्षा मन्त्रालयले हराइरहेको टियू-१५४ विमानमा सेनाका अधिकारीहरु, उनीहरुको सांगितिक समूह, केही पत्रकारलगायत अन्य भएको जनाएको छ। उक्त विमान सिरियाका लाटाकिया प्रान्तका लागि उडेको थियो।
हराइरहेको विमान खोजीका क्रममा विमानका भग्नावशेषहरु सोचीस्थित रिसोर्ट नजिकैको ब्ल्याक सीमा भेटिएको बिबिसीले जनाएको छ।
सेनाका प्रवक्ताले सिरियामा खटिएका रुसी सेनाको फौजले आयोजना गरेको नयाँ वर्षको कार्यक्रमका लागि सांगितिक समूह विमानबाट सिरियाको लाटाकिया प्रान्त जाँदै थियो।
इन्टरफ्याक्स समाचार संस्थाले मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय समय अनुसार ५ बजेर २० मिनेट जाँदा उडेको विमान २० मिनेटपछि राडरसँगको सम्पर्कबाट बाहिर गएको थियो।

प्रकाशित : १० पुस २०७३, आइतबार ००:००