७ जेष्ठ २०८२, मंगलबार । May 20, 2025

Life Style

लिम्बुवानको बन्दका कारण पूर्वको जनजीवन प्रभावित



संघीय लिम्बुवान पार्टी नेपालले गरेको बन्दकाका कारण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ।
संविधान संशोधन गरी अरुण पूर्वका जिल्लालाई लिम्बुवान प्रदेश निर्माण गरिनु पर्ने, झापा, मोरङ र सुनसरीलाई टुक्राउन नहुने र भ्रष्टाचार नियन्त्रण गरिनु पर्ने माग गर्दै लिम्बुवानले बन्दको आह्वान गरेको हो ।
बन्दको कारण विहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । बजार, कलकारखाना र शैक्षिक संस्थासमेत बन्द रहेका छन् ।  विहानैबाट पूर्वका मुख्य चोक इटहरी, धरान, विर्तामोड लगायत स्थानमा झण्डा लिएर बन्दकर्ताहरु उपस्थित भएका थिए । झापा, मोरङमा बन्द गराउँदै हिडेका लिम्बुवानका केही नेता तथा कर्यकर्ता गिरफ्तारमा समेत परेका छन् ।

प्रकाशित : ३० मंसिर २०७३, बिहिबार ००:००