७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

Life Style

आजबाट सुरु भयो साकेला उधौली



udhauli
तस्विरः शाहीमान राईको फेसबुकबाट

काठमाडौँ, २८ मङ्सिर । किराती समुदायको महान् चाड साकेला उधौली आजबाट सुरु भएको छ । किराती समुदायमा यो चाड १५ दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइन्छ ।
किराती समुदायको बाहुल्य भएको पूर्वी जिल्लामा यो चाड विशेष ढङ्गले मनाइन्छ । प्रकृतिपूजक किरातीले यस अवसरमा आफ्ना पूर्वजको सम्झना गर्दै अन्नको पूजा गर्ने, घरघरमा साकेला नाच्ने र आफन्तबीच शुभकामना आदानप्रदान गर्दै चाड मनाउने गर्छन् । पच्छिलो समय राजधानीको टुडिखेलमा भेला भएर साकेला नाच्दै सामूहिक रूपमा चाड मनाउने गर्छन् । राईहरुको सामाजिक संस्था किरात राई यायोक्खाले व्यवस्थापन गर्दै आएको छ ।
हरेक वर्ष मङ्सिर पूर्णिमालाई उधौली र वैशाखे पूर्णिमालाई उभौलीको रूपमा मनाउने गरिन्छ । नयाँ अन्न भित्र्याइएको खुसियालीमा पनि यो चाड मनाउने गरिन्छ । अन्नबाली प्रकृतीकै वरदान भएकाले यसको विशेष पुजा गरिने किरात राई यायोक्खाको पूर्व उपाध्यक्ष हरीके साम्पाङले बताए ।
अन्न लगाउने समय र भित्राईसकेपछि उधौली र उभौली मनाईन्छ ।

प्रकाशित : २८ मंसिर २०७३, मंगलबार ००:००