६ श्रावण २०८१, आइतबार । July 21, 2024

ग्लोबल

थाईल्याण्डमा बाढी, १४ जनाको मृत्यु



timthumbकेहीदिन यता लगातार रुपमा भीषण बर्षा र बाढीका कारण दक्षिणी थाइल्याण्डमा १४ जनाको मृत्यु भएपछि बर्षा र बाढीबाट बढी प्रभावित क्षेत्रका ११ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा पनि गरिएको सरकारले मङ्गलबार जानकारी दिएको छ।
गतहप्ता भीषण बर्षाले दक्षिणी थाइल्याण्डको मध्य भागलगायत प्रख्यात पर्यटकीयस्थल कराबी, कोह सामुई र कोह फा–ङ्गआन ठूलो असर पारेको र जसका कारण केही उडान र डुङ्गा सेवाहरु समेत प्रभावित भएको थियो।
भारी बर्षा र बाढीका कारण अहिले सम्म ८८ जिल्लाका पाँच लाख ८२ हजार ३४३ जना प्रभावित भएको र १४ जनाको मृत्यु भएको गृह मन्त्रालयद्वारा जारी पछिल्लो प्रतिवेदनमा जनाइएको छ।
मन्त्रालयद्धारा जारी विज्ञप्तिमा अहिलेसम्म कम्तीमा तीन जना हराइरहेका र अरु तीन जना घाइते भएका जनाइएको छ।
सैबुरी जिल्लाको पत्तानी क्षेत्रमा उद्धारकर्ताहरुले खोलाको भेलमा हराइरहेका दुई जना केटालाई खोजी कार्य जारी राखेका छन्।
रेलमार्गमा बाढी पसेपछि नखोन सि थम्माराट क्षेत्रमा रेल सेवासमेत अवरुद्ध भएको छ।
थाईल्याण्डमा हरेक बर्ष यो समयमा प्राय भीषण बर्षा हुने गर्दछ। नोभेम्बरको सुरुदेखि तीन महिनासम्म थाइल्याण्डमा पर्यटनको लागि राम्रो र अर्थतन्त्रका लागि संवेदनशील समय मानिन्छ।
थाइल्याण्डको जलवायु तथा मौसम विभागले अझै केहीदिन यस्तै बर्षाको अवस्था रहिरहने अनुमान गरेको छ। रासस÷एएफपी

प्रकाशित : २२ मंसिर २०७३, बुधबार ००:००