१४ बैशाख २०८१, शुक्रबार । April 27, 2024

ग्लोबल

इन्डोनेसियामा हराएको प्रहरी विमान दुर्घटनग्रस्त अवस्थामा भेटियो



इन्डोनेसियामा शनिबार हराएको विमान दुर्घटनग्रस्त अवस्थामा आईतबार भेटिएको छ।

शनिबार १६ जना प्रहरीलाई लिएर उठेको विमान पश्चिमी इन्डोनेसियाको बताम आईसल्याण्डबाट विमानस्थलसँग सम्पर्क विहिन भएको थियो।

इन्डोनेसियाको राष्ट्रिय खोजी र उद्धार कार्यालयका प्रवक्ता मर्सुदीले घटनास्थलमा केही व्यक्तिका शव र क्षतविक्षत अवस्थाको विमान भेटिएको जानकारी दिएका छन्।

ुविमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ, केही उद्धारकर्मीहरुले तीन जनाको छतविक्षत शव जोडेर आफन्तलाई बुझाईदैछ, विमानको केही भाग पनि ल्याइएको छ,ु प्रवक्ता मर्सुदीले भने।

झण्डै तीन सय सिपाही, प्रहरी र स्थानीय बासिन्दाले सम्पर्कविहिन भएको सो विमानको खोजी कार्यमा व्यस्त रहेका थिए। राससरसिन्ह्वा

प्रकाशित : २० मंसिर २०७३, सोमबार ००:००