७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

डा. केसीको ज्यान जोखिममा



%e0%a4%a1%e0%a4%be-tudikhel

चिकित्सा क्षेत्रमा रहेको बेथिति अन्त्यको माग राख्दै अनसन बसेको २० औँ दिन बित्दा पनि माग सरकारले सुनुवाइ नगर्दा डा. केसीको ज्यान नै जोखिमा परेको छ ।
बिहिबार भएको वार्ता पनि निष्कर्ष विहिन भएको थियो । विग्रदो स्वास्थ्य स्थितिको विचार गरेर हदैसम्मको लचिलो हुदाँ पनि सरकारले गम्भिरता नदेखाएको कारण वार्ता सफल नभएको केसीका प्रतिनिधिहरुले आरोप लगाएका छन् ।
सरकारले जुन विषयमा सहमती गर्ने भनेर वार्ता बोलाएको थियो त्यो विषयमा प्रवेश नै नगरेका कारण विहिबार भएको वार्ता निष्कर्ष विहिन भएको केसीका प्रतिनिधि जीवन क्षेत्रीले बताए ।
केसीको बिग्रँदो स्वास्थ्यको फाइदा उठाउँदै सरकारी पक्षले थकाउने गलाउने गलत नीति लिएको पनि उनीहरुले आरोप लगाएका छन् ।
सरकारले शिक्षासचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य सचिव डा. सेनेन्द्र उप्रेतीलाई वार्ता जिम्मेवारी दिए पनि उनीहरुले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन ।

प्रकाशित : १७ मंसिर २०७३, शुक्रबार ००:००