१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

किरात भूमिप्रति बेवास्था नगर्न आयोगलाई यायोक्खाको चूनौती



yaya-kk

काठमाडौं । किरात राई यायोक्खाले आफुले प्रस्ताव गरे अनुसारको नामाकरण नगरेको प्रति अपत्ति जनाउदै बुधबार गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगमा ज्ञापनपत्र बुझाएको छ ।
यायोक्खाले पूर्वी नेपाल किरात भूमि भएको दावी गर्दै स्थानीय निकाय पुनःसंरचाना गर्दा त्यहाँको गडि गौडा, थुम, भाषा तथा जातिको ऐतिहासिक थलो जनाउने नामाकरण गर्न पहल गर्दै आएको थियो । आयोगले तयार पार्दै आएको प्रतिवेदनप्रति असहमति जनाउदै यायोक्खाले ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र महासचिव जीवन हाताचोले वाचन गरेर सुनाएका थिए भने कार्यबाहक अध्यक्ष दिवस राईले बुझाएका थिए । ज्ञापनपत्र बुझाउने कार्यबाहक अध्यक्ष दिवस राईले १ नम्बर प्रदेश किराती समुदायको मुख्य थातथलो भएको बुझाउदै बेवास्था नगर्न आयोगलाई चेतावनी दिए ।
किरात राई यायोक्खा किरात राई समुदायको साझा सामाजिक संस्था हो । संस्थाले ओखलढुङ्गाको मानेभञ्याङ्गलाई लिब्जु गाउँपालिका, प्रस्ताव भएको सुनकोशीलाई पलाम्पुरगडी गाउँ पालिका हुनुपर्ने माग राख्दै आएको थियो ।
त्यसैगरी खोटाङको वहाहपोखरीलाई छुलुवार, रुपाकोट दिक्तेललाई मझुवागडी, भोजपुरको योगमाया गाउँपालिकालाई साल्पा, ढडानन्दलाई सिलीचुङ्ग गाउँपालिका नाम राख्नु पर्ने यायोक्खाले प्रस्ताव गरेको थियो । उदयपुरमा प्रस्तावित सुनकोशीलाई बालम्ता सुम्निमा गाउँपालिका, मोरङको प्रस्तावित बेतनालाई बेतना देवानसिंह लगायतका गाउँपालिका नाम राखिनुपर्ने यायोक्खाले आयोगसँग माग राखेको थियो ।
उक्त माग पुरा नहुने भएपछि आज यायोक्खा केन्द्रीय समितिका पदाधिकारीहरु आयोग पुगेर आफूप्रतिकुलको नाम स्वीकार नगर्ने जनाएको हो । आयोगका १ नम्बर प्रदेश हेर्दै आएका डा.श्यामकृष्ण भूर्तेलाई ज्ञापनपत्र बुझाएका हुन् ।
टोलीमा यायोक्खा कार्यबाहक अध्यक्ष दिवस राई, महासचिव जीवन हाताचो राई, उपमहासचिवद्वय डीबी सरोज, भीम राई, किरात राई यायोक्खा प्रज्ञापरिषदका कुलपति जय राई, किरात राई विद्यार्थी संघका अध्यक्ष अर्जुन जम्नेली राई, किरात राई युवा संघका अध्यक्ष मोहन राई लगायतका पदाधिकारीहरु उपस्थिति थिए ।
भोजपुरबाट कसैले सिफारिस नै नगरी स्थानीय विकास अधिकारीको एकल निर्णयको आधारमा योगमाया गाउँपालिका नाम राखिएको कार्याबाहक अध्यक्ष दिवसलाईले आयोगलाई जनाएका छन् । आयोगका सदस्य भूर्तेलले भने आफूले बैठकमा कुरा राखिदिने बताए । स्थानीय निकाय पुनःसंरचना आयोगले काम सुरु गरेपछि यायोक्खाले आफ्नो समुदायलाई सचेत गराउने पूर्वी नेपालको सम्पूर्ण जिल्लाहरुमा पहिचान खुल्ने नाम राख्न पहल थाल्न अभियान संचानल गरेको थियो ।
अभियानकै प्रभाव स्वरुप खोटाङमा मौरेगडि, होलेसुङ, भोजपुरमा रामप्रसाद, हतुवागडि, सोलुखुम्बुमा खालिङ लगायतको नामाकरण भएपनि आफूहरुले प्रस्ताव अधिकांस स्थानमा अस्वीकार गरेको भन्दै यायोक्खाले आयोगप्रति असहमति जनाएको हो ।

प्रकाशित : १६ मंसिर २०७३, बिहिबार ००:००