८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

पत्रकारिता क्षेत्रको सबैभन्दा ठुलो पुरस्कार मरणोपरान्त पत्रकारदय सञ्जय न्यौपाने र कर्ण बोहोराई



प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस बर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त स्वर्गीय पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको छ । पाँच लाख रुपैयाँ राशी रहेको उक्त पुरस्कार दुवै पत्रकारका परिवारलाई संयुक्तरुपमा प्रदान गरिनेछ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र बिष्ट र सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल सदस्य एबं काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल सदस्य सचिव रहेको पुरस्कार छनौट समितिले आज सो निर्णय गरेको हो । उक्त पुरस्कार बिशेष समारोह आयोजना गरी चाँडै प्रदान गरिने निर्णयपछि जारी विज्ञप्तीमा उल्लेख छ ।

स्व सञ्जय न्यौपाने

15171253_10210021033994837_6224177591706056779_n
सन् २०११ बि.स.२०५१० सालमा त्रि।बि बाट बी।कम उत्तीर्ण गरेपछि पत्रकारितामा आकर्षित हुनुभएका सञ्जय न्यौपाने कान्तिपुर राष्ट्रिय दैनिकमा लामो समयसम्म रिपोर्टिङ्ग, उपसम्पादक हुँदै प्रमुख संवाददाता र आर्थिक ब्युरो प्रमुखको रुपमा कार्यरत रहनुभयो । त्यसपछि उँहाको आर्थिक क्षेत्रको पहिलो ब्रोडसिट कारोबार दैनिकमा सम्पादकको रुपमा रहनुभयो । राष्ट्रिय–अन्तराष्ट्रिय क्षेत्रबाट थुप्रै फेलोसीप र पुरस्कार प्राप्त गर्नुभएका पत्रकार न्यौपाने आर्थिक पत्रकार समाज ९सेजन० को उपाध्यक्ष रहनुभएको थियो भने नेपाल पत्रकार महासघंको केन्द्रिय पार्षद रहनुभएको थियो । पत्रकारितामा क्रियाशील रहिरहेकै बेला मस्तिस्क सम्बन्धी गम्भीर रोगबाट ग्रस्त भई उपचारकै क्रममा उँहाको २०७३ कार्तिक २० गते निधन भएको थियो ।
ब्यवसायिक पत्रकारिता क्षेत्रमा लगनशील र सिद्घान्तनिष्ठ पत्रकारका रुपमा स्थापित सञ्जय न्यौपानेले नेपाली पत्रकारिता खासगरी आर्थिक पत्रकारिताको बिकास र सम्वद्र्धनमा पु¥याउनुभएको महत्वपूर्ण योगदानको कदर गर्दै नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सिफारिश समेतलाई आधार मानी पत्रकार सञ्जय न्यौपानेलाई ९मरणोपरान्त० प्रेस काउन्सिल–सानिमा बंैक राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।

कर्ण बोहरा15241203_10210021033954836_5002135794535385434_n
२०५२ सालमा कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित अभियान दैनिकको डडेलधुरा सवांददाताको रुपमा पत्रकारिता शुरु गर्नुभएका कर्ण बोहरा स्थानीय कालापानी साप्ताहिक महानगर पोष्ट र राष्ट्रियतहका स्पेसटाइम दैनिक, च्यानल नेपाल टेलिभिजन, रहस्य साप्ताहिक लगायतका सञ्चार माध्यममा आवद्घ हुनुभयो । पछिल्लो समयमा उँहा महेन्द्रनगरबाट प्रकाशित पश्चिम नेपालको सम्पादक÷प्रकाशक, महेन्द्रनगरबाटै प्रसारित पश्चिम नेपाल रेडियोको प्रबन्ध निर्देशक तथा काठमाडौंबाट प्रशारित न्यूज–२४ टि।भीको सुदुर–पश्चिम ब्यूरो प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो । २०५५ देखि २०७० सम्म नेपाल पत्रकार महासघं कञ्चनपुरको अध्यक्ष समेत रहनुभएका बोहरा बिभिन्न सामाजिक संस्थाहरुमा पनि सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समयमा मुटु रोगका साथै मधुमेह र उच्च रक्तचापबाट पीडित पत्रकार बोहराको दुबै मृगौला खराब भई उपचार गराइ रहेको श्रीमतीको कुरुवा बसेको अवस्थामा २०७३ मसिंर १० गते काठमाडौंमा निधन भएको थियो । नेपाली पत्रकारिता क्षेत्रमा स्थानीय बिषयबस्तु र राष्ट्रिय मुद्दालाई प्रखर रुपमा उठाउने गरेका पत्रकार कर्ण बोहराले ब्यवसायिक पत्रकारिताको बिकास र पत्रकारिता मार्पmत सामाजिक रुपान्तरणमा खेलेको सशक्त भूमिकाको कदर गर्दै प्रेस काउन्सिल–सानिमा बंैक राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

प्रकाशित : १४ मंसिर २०७३, मंगलबार ००:००