१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

Life Style

डा. केसीको समर्थनमा उदयपुरको स्वस्थ्य सेवा ठप्प



%e0%a4%a1%e0%a4%be-tudikhel

उदयपुर, १४ मंसिर । डा. गोविन्द केसीले १७ दिनदेखि बसेको आमरन अनसनको समर्थनमा उदयपुरका चिकित्सक तथा कर्मचारीहरुले सेवा ठप्प पारेका छन् ।
डा. केसी अनसन बसेको १७ औं दिन वितिसक्दा पनि सम्बन्धीत निकायबाट कुनै ठोस कदम नआएको भन्दै उनीहरुले जिल्ला अस्पताल उदयपुरको इमर्जेन्सी बाहेकका सम्पूर्ण स्वस्थ्य सेवा ठप्पा पारेका हुन् । डा. केसीको जीवनरक्षाको माग गर्दै उनीहरुले त्यसका लागि जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने जनाएका छन् । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन लामो समयदेखि प्रयत्नरत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका बरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा.केसीको समर्थनमा उदयपुरको यो पहिलो कदम हो । उनीहरुले अहिले दशौं पटकको आमरण अनसनमा बसेका डा. केसीप्रतिपूर्ण समर्थन र ऐक्याबद्धता जनाएका छन् । उनीहरुले सेभ डा. केसी लेखेको प्लेकार्डसहित र्याली गरी डा. केसीको जीवनरक्षा तथा माग पुरा गर्न प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन् ।

प्रकाशित : १४ मंसिर २०७३, मंगलबार ००:००