१६ चैत्र २०७९, बिहिबार । March 30, 2023

Slider samachar

बीस मिनेटमै हार्‍यो नेपाल



team

टेस्ट मान्यता प्राप्त श्रीलंकाले टि–२० महिला एसिया कपको दोस्रो खेलमा नेपाललाई २० मिनेट भित्रै पराजित गरेको छ। नेपालले पहिलो इनिङमा बनाएको २३ रनको लक्ष्यलाई भेटाउन श्रीलंकाले आधा घण्टाको समय पनि खर्चिनु परेन।
श्रीलंकाले २७ बलमै नेपाललाई पराजित गर्यो। सोमबार थाइल्यान्डमा भएको दोस्रो खेलमा श्रीलंकाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। जसमा नेपालका आठ खेलाडी खाता नखोल्दै आउट भए। प्रारम्भिक ब्याट्सम्यान ज्योति पाण्डेले सर्वाधिक १६ रन बनाएकी थिइन्।
नेपाल १६ दशमलव २ ओभरमा अल आउट भयो। नेपालका लागि अन्य खेलाडीमा सीता रानामगरले ४ र कप्तान रुबिना क्षेत्रीले १ रन बनाए। अतिरिक्तको रुपमा नेपालले २ रन जोडेको थियो। श्रीलंकाले ४ दशमलव ३ ओभरमा २ विकेट गुमाउदै विजय लक्ष्य प्राप्त गर्यो।
९३ बल खेल्न बाँकी रहँदै श्रीलंकाले आठ विकेटले नेपाललाई पराजित गर्यो। नेपालका लागि कप्तान रुबिन र करुना भण्डारीले १–१ विकेट बाँडे। रुबिनाले दुई ओभरमा १७ रन खर्चेकी थिइन्।

प्रकाशित : १३ मंसिर २०७३, सोमबार ००:००