१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मुख्य खबर

तोकिएको समयभित्रै निर्वाचन हुनुपर्छ : प्रमुख आयुक्त यादव



उदयपुर, १३ मंसिर । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले तोकिएको समय भित्रै स्थानीय निर्वाचन हुनुपर्ने बताएका छन् ।
जिल्ला निर्वाचन कार्यालय उदयपुरको भवन सिलान्यास गर्न सोमबार विहान गाईघाट आईपुगेका प्रमूख आयुक्त यादवले २०७४ माघ ७ गनेभित्रमै स्थानीय निर्वाचन हुनुपर्ने बताएको हो । तोकिएको समयमा निर्वाचन गराउन आयोगको जिम्मेवारी भएको भन्दै उनले त्यसका लागि सरकार र राजनीतिक दलहरुलाई पटक–पटक सजग पार्नुका साथै घचघच्याईरहेको समेत बताए । २०५४ सालपछि युवाहरुको ठूलो हिस्साले जीवनको महत्वपूर्ण समयमा जनताको प्रतिनिधि छनौट गर्ने अवसर नपाईरहेकाले स्थानीय निर्वाचन राष्ट्रको लागि प्राथमिकता र महत्वपूर्ण रहेको उनले प्रष्ट्याए । सरकारले स्थानीय निर्वाचनको मिति चैत्र महिनामा भनेअनुरुप आयोग तयार रहेको तर सरकार र दलहरु नै निर्वाचनप्रति उदासिन रहेको उनको भनाई थियो । सरकारमा सहभागि दलहरुबीच स्थानीय तह वा निकायको निर्वाचन भन्ने बारे धारणा प्रष्ट नभएको, शीषस्त नेताको भनाई फरक फरक आईरहेको प्रमुख आयुक्त यादवल बताए । एकातिर राजनीतिक असहमति र अर्कोतर्फ आवश्यक ऐन, कानूनको अभाव, स्थानीय तहको नयाँ संरचना कस्तो हुने हो, गाउँपालिका, नगरपालिका के कति हुने हो, “सिमांकन, नामांकन के हुने, स्थानीय प्रशासनको युनिट कहाकहाँ हुने आदि कुराहरु प्रष्ट नभएका कारणले आयोग दुविधापूर्ण अवस्थामा गुज्रिनु परेको” प्रमूख आयुक्त यादवले बताए । “आयोगले आवश्यक कानुनको मस्यौदा तयार पारेर पठाईसकेको भएपनि अहिलेसम्म कुनै पनि कानून प्राप्त गर्न सकेको छैन्” ।
आवश्यक कुराहरु प्राप्त भएपछि निर्वाचनको पूर्वाधार तयार गर्ने, निर्वाचन शिक्षा, निर्वाचन नामावलीको हेरफेर, मतदाता केन्द्रको पुनरावलोकन, गाउँपालिकामा निर्वाचनको वातावरण बनाउने थुप्रै कामहरु गर्नुपर्नेमा उनको जोड थियो । निर्वाचन फागुन, चैत, बैसाख जहिले गरेपनि तयारीको न्यूनतम समय अयोगलाई चाहिने प्रमूख आयुक्त यादवको भनाई थियो ।

प्रकाशित : १३ मंसिर २०७३, सोमबार ००:००