३० चैत्र २०८०, शुक्रबार । April 12, 2024

प्रोफाइल

राजनीतिमा सक्रिय स्व. पद्यमसुन्दर लावतीकी एक्ली बुहारी बबिना



4-babina-moktan-final

संविधानसभामा पाँचथरबाट प्रतिनिधित्व गर्ने एक्ली महिला सभासद हुन बबिना मोत्तान लावती । उनी पहिलो र दोस्रो दुवै संविधानसभामा राप्रपा नेपालदेखि समानुपातिक कोटामा पर्ने भाग्यमानी सभासदमा पर्छिन । बुबा भरत तामाङ र आमा छाँया तामाङको कोखबाट वि.स. २०३२ पुष २४ गते सप्तरीको राजविराजमा वविनाको जन्म भएको थियो । भारतको सिलिगुडी, दार्जिलिङ, ब्याङ्लोर, कलकता गरि विभिन्न ठाउँमा शिक्षा दिक्षा लिईन । उनीले कलकता विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातक उपाधी हासिल गरेकी छिन भने अहिले त्रिभूवान विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरीरहेकी छिन् ।
पूर्व गृहमन्त्री तथा राप्रपा नेपालको नेता स्वा.पद्यमसुन्दर लावती पुत्र सगुनसुन्दर लावती कलकता पढ्दा समकक्षी थिए । त्यहि भएको चिनजान पछि विवाहमा परिणत भयो । राजनैतिक परिवारमा विवाह गरेर आए पछि बबिनाको नयाँ कोर्स सुरु भयो । स्वाः लावतीका तीन बुहारी मध्ये बबिना मात्र राजनीतिमा सक्रिय छिन् । बबिना २०५७ मा पार्टी सदस्यता लिएर आफुले राजनीतिको कोर्स थालेको बताउँछिन । २०६४ मा सभासद हुनु भन्दा अघी पार्टीको कुनै औपाचरीक तहमा नभए पनि सक्रियता रहेको बताउँछिन् । उनीसंग विभिन्न गैरसरकारी संस्थामा काम गरेको अनुभव छ । उनीले केही समय पत्रकारीता समेत गरेकी थिइन । दुई सन्तानकी आमा घर व्यवहार व्यवस्थापन गरेर बचेको समय राजनीति र समाजसेवामा खर्चिन्छिन् । राजनीतिमा आफ्नो ससुरा स्वा. पद्यमसुन्दर लावतीलाई आर्दश मान्छिन । लावतीको विचारलाई संधै आत्मसाथ गरेर अघि बढ्ने दृढता छ बबिनामा ।

प्रकाशित : १३ मंसिर २०७३, सोमबार ००:००