१३ बैशाख २०८१, बिहिबार । April 26, 2024

Life Style

हिमाल पछ्याईरहेका युवा, जसले भएको जागिर पनि छाडे



unnamedभनिन्छ सपना त्यो होइन जुन निदाउँदा देखिन्छ, सपना त त्यो हो जस्ले निदाउँनै दिदैन । निदाउँदा देखिएका कैयन सपनाहरु हावामा उडेर जान्छ । दिनमा देखिएका सपनाहरु यथार्थमा परिणत हुन्छ । संसार सपना देख्नेहरुकै हो । सपना देख्नेहरुले नै संसारलाई डोर्याउँछ । विख्यात आख्यानकार पाउँलो कोहेलो भन्छन् सपनालाई एउटै कुराले असम्भव बनाउँछ त्यो हो असफल हुने डर ।
उज्यालोमा सपना देखेर रातमा जागैँ बस्ने युवा हुन सुशिल शेर्मा । उनको जन्म बुवा लोकबहादुर शेर्मा र आमा स्वाः भगिमाया कुरुङबाङको कोखमा २०४५ भदौ १२ गते पाँचथरको माङ्जाबुङमा भएको हो । केही हिमालहरु चढेर बाल्यकालदेखिकै सगरमाथा चढ्ने आधाउधी सपना पूरा भए पनि मूख्य सपना उधारै छ । त्यहि सपना पुरा गर्न उनी कहिले सिक्किमको अकरीलो भीरहरु उक्लिरहेका हुन्छन् । कहिले व्यस्त सहर काठमाण्डौका भीडहरु छिचोलिरहेका हुन्छन् । कहिले फिदिम बजारमा मोटरसाईकल हुइकाई रहेका हुन्छन त कहिले आइसल्याण्ड पीक तीर झण्डा फरहराई रहेका हुन्छन् ।
पाँच कक्षामा राष्ट्रिय विभूती पासाङ ल्हामु शेर्पाको जीवनी पढेपछि उनी हिमालप्रति मोहित भए । आफुपनि पासाङ जस्तै हिमाल चढ्ने सपना बुने । शेर्माको घर नजिकै मगरडाडाँ उक्लिएर हिमाल हेरे अनि मनमनै प्रण गरे एक दिन म पनि सगरमाथा चढ्छु । मगरडाडाँबाट अन्नपूर्ण हिमाल देखिन्छ त्यहिबेला उनलाई लाग्यो त्यहि नै सगरमाथा हो ।
उनलाई रात भरी निद लागेन । राती १२ बजे उठेर आमालाई आफु ठूलो भएपछि सगरमाथा चढ्ने बताए । आमाले भनिन् बाबु सगरमाथा त शेर्पाहरु मात्र चढ्छन् । छोराले पढेर शिक्षक होस गाउँको सेवा गरोस भन्ने आमाको चाहाना थियो । आमाको मन कोमल हुन्छ । छोरा बढ्दै गए आफ्नो उद्देश्य र सपना बिर्सिएन । छोराको सपनामा आमाको पूर्ण समर्थन हुन थाल्यो । सुशिल आफ्नो सपना पुरा हुनेमा ढुक्क हुँदै गए । उनी भावुक हुँदै भन्छन “पच्छिलो पटक मैले सगरमाथामा पाईला टेकेको हेर्ने आमाको ठूलो धोका थियो । अफसोच चार बर्ष अगाडी नै आमालाई गुमाए, अब त झन मेरो भन्दा पनि स्वर्गिय आमाको सपना बन्यो ।”

shusil
११ कक्षाको परिक्षा नसकिदै आमाको निधन भयो । आमाको निधन भएपछि परिवारमा स्वभाविक रुपमा अप्ठ्याराहरु थपिए । जसै बुवा र दाईको प्रेरणामा उनले महेन्द्र रत्न बहुमुखी क्याम्पस ईलाममा स्नातकसम्मको अध्ययन गरे । उनलाई संगैरहेको ईलामको हरियो चियाबारीले स्पर्श गर्न सकेन बरु परपर रहेको हिमालले तानि रह्यो । कलेजका साथीहरु चियाबारीको कुरा गर्थे, लभडाडाँ तिर रमाई हिड्थे । राजनीति र संगठनहरुको कुरा गर्थे । उनको मनमा भने सधै हिमाल हुन्थ्यो ।
शितोरियो करातेमा समेत राम्रो दखल राख्ने उनलाई परिस्थितीले जागिरे बनायो । वि.स.२०६४ देखि २०६८ सम्म नेपाली सेनाका रुपमा देशको सेवा गरे । जागिरमै रहेर आफ्नो हिमाल चढ्ने सपना पुरा नहुने देखेपछि जागिरबाट राजिनामा दिए । अनि पूर्ण रुपमा होमिए हिमाल चढ्ने अभियानमा ।
जागिर छाडेकै बर्ष सेप्टेम्वर २३ मा पहिलो पटक सोलुखुम्वु जिल्लामा अवस्थित ६,१८९ मिटर उचाइको आइसलैण्ड पिक (इम्जासे) नामक हिमाल चढे । अधिकांश सगरमाथा आरोहीहरुले सगरमाथा चढ्नु अघि अभ्यासका रुपमा यस हिमाल चढ्छन् । त्यहि दिनबाट आफुमा सगरमाथा चढ्न सक्ने पूर्ण आत्मविश्वास पलाएको उनी बताउँछन् । २०६९ साल जेठ २७ देखि असार ७ गतेसम्म नेपालको सवैभन्दा होचो भू–भाग (झापाको केचनाकलन) देखि विश्वको तेस्रो हिमाल (ताप्लेजुङको कञ्चनजंघा) आधार शिविरसम्मको पदयात्रा गरे । प्रथम मेची शान्ति पदयात्रा नामाकरण गरिएको उक्त पदयात्रा पश्चात सेर्माले १६ नोभेम्वर २०१४ मा रसुवा जिल्लामा अवस्थित ६ हजार २ सय मिटर उचाईको लाम्टाङ हिमालका सफल आरोहण गरी आफ्नो अभ्यासलाई जारी राखे ।
उनले आउँदो अप्रिल १ मा पुन:  सगरमाथा आरोहण यात्रा सुरु गर्ने लक्ष्य राखेका छन् । यस अघि नै दुई पटक आरोहणमा जुटेका शेर्माको यात्रा पहिलो पटक हिम पहिरोले रोकियो भने दोस्रो पटक महाभूकम्पले रोकियो । दोस्रो पटक त यात्राको लागि औपचारिक विदाइ कार्यक्रम नै भइसकेको थियो । बैसाख ११ गते बबरमहलमा भब्य विदाई कार्यक्रम भएको थियो । रोकिएको यात्राबारे उनी थप्छन् । “शुक्रबार मेरो औपचारीक विदाई भयो । शनिबार परिवार छुट्नु हुदैन भन्ने मान्यता छ । आईतबार बिहान ९ः३० को फ्लाइट टिकट थियो । शनिबार फुर्सद भएकाले परिवार सहित भूकम्प जाँदा नगरकोट डाडामा थिए । काठमाण्डौमा पुरै धुलो उडेको थियो । कसरी फर्किने भन्ने चिन्ता भयो । पर्किदाँ काठमाण्डाँैको मान्छेहरु बाटोमा रोइरहेका थिए । एक हप्तासम्म जाने आश थियो । बाटो बनीरहेको खबर आईरहेको थियो । देशलाई नै ठूलो संकट आइलागेकाले सरकारले औपचारिक रुपमै आरोहण बन्द गर्यो ।”
यसरी पटकपटक प्राकृतिक कारण यात्रा रोकिदा शेर्माको सगरमाथा आरोहण यात्रा निकै महँङ्गो पर्न गएको छ । अघिलो पटक व्यक्तिगत सामान बाहेक सगरमाथामा चढ्दा प्रयोग हुने अक्सिजन लगायतका सम्पूर्ण सामग्री बेस क्याम्प पु¥याइएका थिए । भूकम्पका कारण सबै सामग्री हराए ।
उनलाई सगरमाथा आरोहरणका लागि लाग्ने सलामी दस्तुर, अक्सिजन, शेर्पा दस्तुर लगायत सम्पूर्ण चाँजोपाँजो मिलाउन चानचुन २५ लाख रुपैयाँको अभाव छ । आरोहणको तयारी, आवश्यक रकमको जोहो गर्ने चटारो छ । विश्व मानव शान्ति, आणविक सस्त्रअस्त्र निषस्त्रिकरण, मजदुरको हक, भूपू सैनिकको सेवा सुविधा वृद्धि लगायत विषयमा ध्यानाकर्षण गराउने उद्देश्य राखेर सगरमाथा आरोहण गर्न लागेका सुशिल शेर्मालाई यतिबेला सहयोगी हातहरुको खाँचो छ ।

final

प्रकाशित : ११ मंसिर २०७३, शनिबार ००:००