आदिवासी जनजाती महासंघको ९औं महाधिवेसन पौष २ गतेबाट चितवनमा सुरु हुंदैछ । जहाँ देशभरका आदिवासी जनजाति महासंघमा आवद्ध ५६ वटा जातिय संघको सहभागीता रहनेछ । महाधिवेसनले आगामी कार्यदिशा र नयाँ नेतृत्व पनि चयन गर्नेछ । त्यहि नेतृत्वको बागडोर संहाल्न एक कुशल व्यक्ति अघि सरेका छन् । जसले विद्यार्थी राजनीति, नेपाल कम्युनिष्ट पार्टी एमाले, किरात राई यायोक्खामा लामो समय काम गरीसकेका छन् । उनी संभावित अबको आदिवासी जनजाति महासंघको अध्यक्ष पदको लागि अघि बढिसकेका छन् । एक मधेश एक प्रदेशको खरो आलोचक उनिसंग यहि सेरोफेरोमा रहेर क.सर्वधन राई (४५) संग टुडिखेल संवाद :
अध्यक्षको लागि किन ?
पूर्व आदिवासी जनजाती नेताहरुले आन्दोलन गरे तर पनि त्यस्ता आन्दोलन शिथिल बने । पहिचान, संस्कृति, संस्कार सम्बोधन हुन सकेन । सबै आदिवासी जनजातीको हक अधिकार स्थापित गर्न पनि मेरो उम्मेद्धारी हो । अबको आन्दोलन निर्णायक हुन्छन् त्यसको लागि जस्तो सुकै बलिदान दिन म तयार छु ।
कतिको संभावना देख्नु भएको छ ?
सबैसंग ब्यापक छलफल बहस भइरहेको छ । अल्पसंख्यक तथा बहुसंख्यक सबैलाई भेटीरहेको छु ।
कसरी अघि बढ्नु हुन्छ ?
सबैको भाषा, धर्म संस्कृति हक अधिकार स्थापित गरेर एकताको सन्देश दिनेछु । अहिले पनि चेपाङ र बनकरीया जंगलमै छन् । उनिहरुलाई पहिले जग्गा र कार्यालय बनाईदिन्छु ।
समर्थन कतिको जुटीहरेको छ ?
समर्थन गरिरहेका छन् । लामो समय जातिय संगठनमा काम गरेका साथीहरुले मलाई अध्यक्षमा उठ्नको लागि सहयोग र साथ दिईरहनु भएको छ । किरात राई यायोक्खाले स्वतस्फूर्त सहयोग गरेको छ । पार्टीले पनि मलाई अघि बढाएको हो ।
भनेपछि तंपाईलाई एमालेको पनि साथ छ ?
एकदमै साथ छ, संधै एक ब्यक्तिले मात्र अवसर पाउनु हुंदैन भन्ने पार्टीको घोषित नीति नै हो ।
एमालेलाई पहिचान विरोधी भन्छन नी ?
राजनैतिक भन्दा पनि सामाजीक न्याय र सहअस्तित्वलाई स्वीकार गरी अघि बढ्नुपर्दछ । पहिचान विरोधी भन्दा पनि मुल कानुन संविधानमा हाम्रा कुरा उल्लेख गरिएनन् । तर प्राप्त उपलब्धी गुम्न सक्ने अवस्था छ त्यसलाई सुनिश्चितता गर्न आन्दोलन जारी छ । पहिचानवादी होइन भन्ने कुरा झुटो, कपोकल्पित प्रचार बाजी मात्र हो ।
एक मधेश एक प्रदेशबारे र अंगिकृता नागरिकतबाारे आदिवासी जनजातिको धारणा के रहन्छ ?
यो कुनै हालतमा संभव छैन । अंगिकृत नागरीकताबारे आदिवासी जनजातिलाई कुनै हालतमा मान्य हुंदैन । आदिवासी जनजातिको लागि यो कालो धब्बा हो । हिन्दी भाषालाई कुनै पनि रुपमा राष्ट्रिय भाषा स्वीकार गर्न सकिदैन बरु आदिवासी जनजातीका भाषालाई अघि बढाउन सकिन्छ । यो भारतीय षढ्यन्त्र मात्र हो । भारतीयको नेपाल सिध्याउने खेल हो । मधेशमा रहेका आदिवासी जनजाती हाम्रै पक्षमा छन् ।
अल्पसंख्यक समूदायको विकासका लागि कस्तो योजना छन् ?
अल्पसंख्यको ब्यवस्थापन गर्न जरुरी देख्छु । उनिहरुको सचेतना, सहभागीता, संबृद्धि र वहांहरुको अधिकार र पहिचानको लागि ठुला संगठनले सहयोग सहभागीताको सुनिश्चितता गर्ने प्रण गर्दछु । वहांहरुले राज्यबाट पाउनुपर्ने सम्पूर्ण सुविधा दिलाउनमा लाग्नेछु । जंगलमा बसेका र मधेषमा बसेका आदिवासी जनजातिहरु आफ्नै भूमिमा आश्रित भएर बांच्नु परेको छ त्यसको विरुद्धमा लड्नेछु । यसरी मात्र नेपाल निर्माणमा सम्भव छ ।
उम्मेदारी किन ?
यति जाति यति भाषा भनेर मुखले भाषण गर्ने तर उनिहरुको हक अधिकार नदिने तथा आदिवासी जनजाती केही भिजीलान्ते प्रयोग गरी आदिवासी जनजातीहरुमाथी नै दमन गर्ने तत्वहरुलाई निर्मुल पार्न पनि मेरो उम्मेद्धारी हो । विडम्बना महासंघको भवन अझै पनि भाडामा छ । म अध्यक्ष हुनु वित्तिकै महासंघको भवन निर्माण गर्नेछु । साना साना संगठनहरुलाई पनि जग्गा र भवन निर्माणमा पहल गर्नेछु ।
योजनाहरु के–के छन् ?
अन्तराष्ट्रिय श्रम संगठन आइएलओ १६९ लाई नेपालले पनि अनुमोदन गरेको छ । तर त्यसको ब्यवहारिकतामा लगिएको छैन । संविधानमा उल्लेख भएपनि त्यसको ऐन कानुन नियमावली र निर्देशिकाहरु बनाएका छैनन् । अहिलेको महासंघ त्यसमा चुकेको छ । हाम्रो भाषा, धर्म, संस्कृतिलाई विश्वमा रहेको आदिवासी जनजातीबीचमा सांस्कृतिक आदान प्रदान गर्न पनि सकेको छैन । राज्यले आदिवासी जनजाती दिवसलाई पनि खासै ध्यान दिएको छैन । यो विषयमा राज्य मौन छ । आदिवासी जनजाती नेताहरु पनि पद मात्र लिने तर अधिकारको पक्षमा नलड्ने, धोका दिने काम गरे । आदिवासी जनजाती सम्बन्धी संयुक्त राष्ट्रसंघिय घोषणपत्रका मर्महरुलाई व्यवहारिक रुपमा उतार्न सिधै युएनसंग संपर्क स्थापित गर्नेछु ।
कतिको विश्वस्त हुनुहुन्छ ?
आदिवासी जनजातीको हरेक आन्दोलनमा मेरो सहभागीता छ । लामो समय यसमा काम गरेको हुनाले मेरो नेतृत्व पक्का हुनेछ । किनभने नेपालका आदिवासी जनजातीका सवालहरुलाई अन्तराष्ट्रिय मञ्चहरुमा दरिलो अर्थपूर्ण सहभागीता हुनेछ ।
अब कसरी अघि बढ्छ आदिवासी जनजातिको आन्दोलन ?
जबसम्म गैर आदिवासी र आदिवासी बीचको खाडल पुर्न सकिदैन तबसम्म आन्दोलन बढीरहन्छ । मेरो जीवनभर यो आन्दोलन जारी रहन्छ यो प्राप्त नभएसम्म शान्तिको कल्पना नगरे हुन्छ । दलमा रहेका पिडित आदिवासी जनजाति नेताहरुले पनि बुझ्न जरुरी हुन्छ ।
राजनैतिक जीवन
बुबा बलराम राई र आमा मेघसरी राईका पाँच भाई मध्ये कान्छो छोरा हुन् सर्वधन राई (४५) । खोटाङ बुइपा ९ का स्थायी उनी हाल बुढानिलकण्ठमा बस्छन् । उनले सामाजिक तथा जातिय संस्थामा काम गरेको पच्चिस वर्ष भइसकेको छ । किरात राई यायोक्खामा धापासी प्रारम्भीक कार्य समितिबाट २०४७ साधारण सदस्य हुंदै किरात राई यायोक्खाको केन्द्रिय कोषाध्यक्षसम्म बने । किरात राई अन्तराष्ट्रिय समन्वय समितिको कोषाध्यक्ष पनि हुन् । तत्कालीन समयको विद्यार्थी आन्दोलनमा स्कुले जीवनमै पाँचौ र छैठौ विद्यार्थी समूहमा कृयाशिल रहेका थिए । पछि २०३९ सालबाट भने एमाले पाटीमा संगठित भएका थिए । लगत्तै सुनसरीको इटहरीमा विद्यार्थी आन्दोलनका क्रममा ४२ दिन हिरासतमा बसे । त्यहाँ निकै नै यातना पाएका थिए । त्यसबेला जेलमा मान्छे नअटेर थुप्रैलाई मारेर बोरामा हालेर पञ्चायती शासकहरुले सप्तकोशीमा बगाइएको थियो । त्यसको प्रत्यक्ष दर्शी पनि हुन उनि । राई नेपाल कम्युनिष्ट पार्टि एमाले खोटाङ सम्पर्क मञ्चका पूर्व सल्लाहकार रहि सकेका छन् । नेपाल लोकतान्त्रीक किरात राई संघमा केन्द्रिय सदस्य, महासचिव हुंदै हाल संघको उपाध्यक्ष रहेका छन् । आदिवासी जनजातीका थुप्रै सडक आन्दोलनमा उहाँंको महत्वपूर्ण योगदान रहेको छ । धेरै पटक यस्ता आन्दोलन र धरपकडमा उहां राजधानीको विभिन्न स्थानमा पक्राउ परे । पटक–पटक उहांमाथी सार्वजनिक मुद्याहरु पनि लगाइएको थियो । बर्तमान अवस्थामा उहाँसंगै आन्दोलनमा होमिएका धेरै साथीहरु गाँस बासको लागि अहिले पलायन भएर विदेशमा छन् । तर उनि भने अझै समुदाय, पार्टी र आदिवासी जनजातीको लागि लडि नै रहेका छन् । पहिला वर्ग संघर्षको लडाई, जातिय मुक्ति प्राप्त नभै यो देशमा आर्थिक, सामाजिक, सांस्कृतिक, भाषा र धर्मको कुरा गर्नु मिथ्या हुने उनको तर्क छ । उनि २०४६ सालपछि निरन्तर आदिवासी आन्दोलनमा होमिएका छन् ।
प्रतिक्रिया