१४ चैत्र २०८०, बुधबार । March 27, 2024

Uncategorized

राजधानीमा सुरु भयो माछा महोत्सव,६० वटा स्टलमा माछा



fish
काठमाडौं । कृषि राज्यमन्त्री राधिका तामाङ्गले नेपालको मत्स्य क्षेत्र देखिएका नीतिगत र अन्य समस्याहरु क्रमिक रुपमा सुधार गर्दै लैजाने बताइकी छन् ।

राजधानीको भृकुटी मण्डपमा बिहिबारदेखि सुरु भएको पाँचदिने मत्स्य तेश्रो राष्ट्रिय मत्स्य महोत्सव तथा परिकार प्रतियोगिताको उदघाट्न गर्दै मन्त्री तामाङ्गले यस्तो जानकारी दिएकी हुन् ।

उनले भनिन,‘मत्स्य क्षेत्रमा धेरै प्रकारका त्रुटीहरु छन् । नीतिगत रुपमा पनि समस्याहरु छन् । राज्यले पनि यो क्षेत्रलाई धेरै ध्यान दिन सकेको छैन । जसले गर्दा यो क्षेत्रले आवश्यकताअनुसार विकास गर्न सकेको छैन । म आफ्नो तहबाट ति समस्याहरु समाधान गर्ने प्रयास गर्नेछु ।’
संघले स्वदेशी माछा खाऔं, स्वस्थ्य रहौं भन्ने नाराका साथ उक्त महोत्सवको आयोजना गरेको हो । महोत्सवमा माछा, माछाको दाना, औषधी, औजार र उपकरणका गरी ६० वटा स्टल छन् । संघका महासचिब जोगेन्द्र महतोले राज्यले चासो नदेखाउदा नेपालमा माछासम्बन्धी नीति नआएको बताए ।
महोत्सवमा दाना, माछा पालनसम्बन्धी उपकरण, सानोदेखि ठूलो आकारको जिउँदो माछाको बिक्रिको समेत व्यवस्था गरिएको छ । महतोका अनुसार नेपालमा नौं हजार नौं सय ३४ हेक्टरमा रहेका कृत्रिम पोखरीबाट ३५ हजार किसानले व्यवसायिक रुपमा माछापालन गरिरहेका छन्। नेपालमा झण्डै बार्षिक ३ अर्बको माछा आयात हुन्छ ।

प्रकाशित : ९ मंसिर २०७३, बिहिबार ००:००