१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मुख्य खबर

माखो नमार्ने सरकार संविधान संशोधनको तमासा देखाइरहेछ : केपी ओली



kp-oli-555x335

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारले तास फिटेझैं कुरा मात्र फिट्न सिपालु रहेको आरोप लगाएका छन्।
एमालेको भ्रातृ संगठन युवा संघ नेपालले बिहीबार काठमाडौंमा गरेको विचार गोष्ठीमा बोल्दै अध्यक्ष ओलीले देश संक्रमणकालीन अवस्थामा फसिरहँदा पनि वर्तमान सरकारले विवाद बढाउन लागेको टिप्पणी गरे। ‘संविधान कार्यान्वयनका लागि चुनाव पहिलो प्राथमिकता हो,’ उनले भने, ‘चुनाव कसरी गराउने भनेर तयारी गर्नुको साटो संविधान संशोधनको अनावश्यक बखेडा झिकेर सरकार तमासा देखाइरहेको छ।’

अरुले नै बनाइदिएको सरकारको आयु चार महिना पनि नभएको भन्दै ओलीले यो सरकार जुन उद्देश्यले गठन भएको हो सोही उद्देश्य प्राप्त गर्न लागिपरेको बताए। सरकारले लिएको उद्देश्य घातक रहेको उनको भनाइ छ। एमाले सरकारले ल्याएको बजेट असफल पार्न अहिलेको सरकारले पूरक बजेट ल्याउने तयारी गरेको ओलीले बताए। ‘म तोकेर नै भन्छु- यो सरकारले पूरक बजेट ल्याउँदै छ।’ उनले प्रचण्ड नेतृत्वको सरकारले माखो समेत नमारेको आरोप दोहोर्‍याए।

‘संविधान संशोधन प्रस्ताव दर्ता गराएर हामीले दर्ता गरायौं भनेर कसैलाई सुनाउनका लागि मात्र यो छटपटी भइरहेको हो,’ उनले भने। धर्म, जाति, भाषाको नाममा देशलाई काँक्रो चिरेझैं चिर्न लागिएको भन्दै अध्यक्ष ओलीले संविधान संशोधन किन भनेर सरकार आफैंलाई स्पष्ट नभएको बताए।

प्रकाशित : ९ मंसिर २०७३, बिहिबार ००:००