१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

याङवरक गाउँपालिकाको केन्द्र ओयाम बनाउन दवाव,



पाँचथर ९ मंसीर । याङवरक गाउँ पालिकको केन्द्र तोक्न त्रुटि गरेको भन्दै ओयामलाई केन्द्र बनाइनु पर्ने ओयाम, च्याङथापू र फलैंचाबासीले माग गरेका छन् ।
आज ओयाम, च्याङथापू र फलैंचाको राजनीतिक पार्टीका प्रतिनिधिहरुले संयुक्त प्रेश विज्ञप्ती जारी गरि याङवरक गाउँ पालिकाको केन्द्र थार्पू बनाइदा फलैंचा र च्याङथापूको नागरिकलाई अन्याय हुने भएकाले तत्काल निर्णय सच्याई ओयामको मान्द्रेनीलाई केन्द्र बनाउन माग गरेका छन् ।
यस अघि जिल्ला स्थित राजनीतिक पार्टीहरुको निर्णयको आधारमा स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति पाँचथरले एक नगर पालिका सहित ८ वटा गाउँ पालिकाको नाम सिफारिस गरेका थियो । राजनीतिक पार्टीहरुले गाउँ पालिकाको नाम याङवरक राख्नु स्वागत योग्य छ तर त्यसको सदरमुकाम भने जनतालाई सहज सेवा उपलव्ध गराउने भन्दा पनि व्यक्तिगत आकांक्षा र आर्थिक प्रलोभनका कारण च्याङथापू, फलैंचा, ओयाम, थर्पू र नागी गाविसको केन्द्र ओयाम भए पनि च्याङथापू फलैंचाको नागरिकको लागि अन्याय गरेको भन्दै केन्द्र तोक्ने विषयमा जिल्ला स्थित राजनीतिक पार्टीका नेताहरुले गाउँ कमिटिका कार्यकर्ताहरुसंग कुनै परामर्श नगरेको भन्दै दलको निर्णय तत्काल नसच्याए केन्द्रको लागि जुनसुकै मुल्य चुकाउन पछि नपर्ने चेतावनी दिएका छन् ।
यसरी दलहरुको निर्णयको आधारमा आयोगलाई पठाए पनि आयोगले पुःन सिफारिस सच्याउन प्राविधिक सिफारिस समितिलाई फिर्ता पठाए पनि प्राविधिक सिफारिस समितिले भने आयोगबाट कुनै पनि आधिकारिक निर्देशन नआएको जनाएको भन्दै प्राविधिक सिफरिस समितिको जवाफदेहि प्रति संका पैदा भएको नेकपा एमाले पाँचथगरका सचिवालय सदस्य तथा इलाका नं. १ का इन्चार्ज सुवास योङयाले बताए । याङवरक गाउँ पालिकाको केन्द्रको विषयमा हामीले पटक पटक जिल्ला स्थित राजनीतिक पर्टी तथा प्राविधिक सहयोग समितिलाई ज्ञापन पत्र बुझाउनका साथै शान्तिपूर्ण माग गरिरहेका छौं यदि हाम्रो शान्तिपूर्ण मागको राजनीतिक पार्टी र प्राविधिक समितिले सुनुवाई नगरे शान्तिपूर्ण आन्दोलन हिंसात्मक हुने र त्यकिो जिम्मेवारी राजनीतिक दल र प्राविधिक समितिले लिनु पर्ने योङयाले चेतावनी दिए ।

प्रकाशित : ९ मंसिर २०७३, बिहिबार ००:००