११ बैशाख २०८१, मंगलबार । April 24, 2024

अन्तवार्ता

मातृभाषाको संरक्षण हामीले नै गर्ने हो : पदम वालाहाङ राई



padam-walahang-tudikhelपदम वालाहाङ राई मुलत भाषाविद, मातृभाषा अभियन्ता हुन । खास गरि बान्तावा भाषाको संरक्षण, सम्बद्र्धन र विकासमा वालाहाङको ठूलो योगदान रहेको छ । उनी भाषा संरक्षणमा समूहिक प्रयासका हुनुपर्छ भन्ने विश्वास राख्छन् । वालाहाङ राईकै सम्पादनमा एक दशकबाट बुङ्वाखा राष्ट्रिय मासिक पत्रिका प्रकाशन भईरहेको छ । यो बान्तावा भाषाको मानक पत्रिका हो । यो पत्रिका नेपाल सरकार, प्रेस काउन्सिलबाट पुरस्कृत समेत भई सकेको छ । भोजपुर रानीबासमा जन्मिएका राई किरात राई पत्रकार संघका पूर्व अध्यक्ष तथा गोरखापत्र दैनिकका राई बान्तावा भाषा पेज संयोजक समेत हुन । उहाँसंग टुडिखेलका लागि रीता राराहाङले मातृभाषासंग सम्बन्धित रहेर गरेको भलाकुसारी :

के मा व्यस्त हुनुहुन्छ?
भाषाकै काममा व्यस्त छु ।

मातृभाषाकै संरक्षणमा कसरी लाग्नु भो ?
हाम्रो भाषा हामीबाट नै अगाडी बढाउनुपर्छ, हामीले नगरे कस्ले गर्ने यहि सोचबाट मातृभाषालाई बचाउने उद्देश्य तिर लागें । हाम्रो भाषा हामीले नै प्रयोग गर्नुपर्छ अरुले बोलेर अगाडी बढ्दैन यही सोचबाट अगाडी बढें । बढीरहेकोछु ।

तपाईंबाट आँफैले मात्र भाषा अगाडी बढाउन सक्नुहुन्छ र?
म बाट मात्र हैन भाषालाई अगाडी बढाउन बाटो देखाउने एकजना मात्र भएर बढ्दैन, भाषालाई प्रयोग गर्नुपर्छ । हामी सबै एक हुनुपर्छ । अनि मात्र भाषा राम्रो हुन्छ ।

बुङबाखा राई बान्तवा भाषाको पत्रिका कसरी प्रकाशन गर्न थाल्नु भयो ?
भाषामा लागिपर्नु भएका चन्द्र हतुवाली राईसगँको छलफलबाट नै सुरु भएको हो । त्यसपछि साहिमान राई प्रदिप कामहुङ हरुको पनि सुरुमा सहयोग छ ।

भाषामा काम गर्न त कठिन होला हैन ?
आफ्नो भाषामा काम गर्नु भनेको ढुङ्रगा चपाउनु जतिकै कठिन छ । पैसा पनि कमाउन सकिदैन तै पनि हामीले नगरे कसले गर्ने हैन ? अरुले भाषालाई हेरिदिदैन ? तर पनि आफ्नै भाषा सस्ंकृतिमा रहेर काम गर्न पाउँदा सगरमाथा पुग्न सफल रहेको जतिकै मनमा खुसी आउँछ । पैसा कमाउन नसके पनि मन चाही रमाएको छ ।

बुङबाखा पत्रिका कहाँ–कहाँ पुग्छ ?

 नेपालको विभिन्न जिल्ला गाउँ अनि नेपाल बाहिर पनि बिभिन्न देसमा पुग्ने गर्छ । प्रतिक्रिया असाध्यै राम्रो आईरहेको छ । त्यहि उर्जाले काम गरिरहेको छु ।

बान्तावा भाषाको किताब पनि निकाल्नु भो ?
हो ३ ओटा पुस्तक लेखिसकेको छु । म सगँ भाषागत विषय, ज्ञानलाई मात्र उजागर गरेको हो ।

अहिलेको अवस्थामा मातृभाषाहरुलाई कसरी बचाउँन सकिन्छ ?
छलफल मात्र गरेर हुन्न बोलेर लेखेर लेख्दापढ्दा मात्रै पनि हुन्न । बोलेर लेख्नुपर्छ, लेखेर पढ्नुपर्छ अनिमात्र भाषालाई बचाउन सकिन्छ ।

 वान्तवा कविता प्रतियोगिता गाईघाटमाको तयारी कस्तो छ ?
हजुर तयारी राम्रो भएको छ । आशा छ विगतको भन्दा भव्य हुनेछ । उदयपुरको बेल्टारमा यहि मंसिर २४ गते हुने कार्यक्रममा सम्पूर्ण भाषामा रुची भएको महानुभावहरुमा उपस्थितिको लागि अनुरोध पनि छ ।
 

यस पटक कति जना कविहरुले सहभागिता जनाएका छन ?
जम्मा ४५ वटा कविताहरु प्रप्त भएका छन् जसबाट हामीले छनौट गरेर १२ वटा कवितालाई मात्रै प्रतियोगितामा सहभागी गराउँदैछौं ।

अरुबाट साथ सहयोग कतिको पाउनुभा छ ?
राम्रो नै सहयोग पाईरहेको छु ।

बान्तावा भाषा नेपाल बाहिर चाँहि कस्तो स्थितिमा पाउनुभयो ?
इण्डिया सिक्किममा राम्रो छ । हाम्रो सस्ंकार सस्ंकृति रितीरिवाजलाई सम्हालेको पाइन्छ

मैले छुटाएको तर तपाँईलाई भन्न मन लागेको केही छ ?
हाम्रो भेट बुङबाखाको बाह्रौं बार्षिकोत्सब तथा कविता प्रतियोगितामा उदयपुरको बेल्टारमा हुनेछ र तपाईको सहभागीताको लागी हार्दिक निमन्त्रणा दिन चाहान्छु ।

अन्त्यमा ?
हामीले हाम्रो मातृभाषालाई बचाउनु पर्छ । बोल्नुपर्छ, लेख्नुपर्छ, आख्यानहरुको निर्माण गर्नुपर्छ, मायाँ गर्नुपर्छ भन्न चाहान्छु ।

प्रकाशित : ९ मंसिर २०७३, बिहिबार ००:००