३ बैशाख २०८१, सोमबार । April 16, 2024

पर्यटन

 इम्जातालको जोखिम घट्यो



imjaसोलुखुम्बु, ८ मङ्सिर । नेपाली सेनाले पानीको मात्रा घटाएपछि इम्जातालको जोखिम घटेका छन् ।

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम ९युएनडिपि० को आर्थिक सहयोगमा समुदायमा आधारित बाढी तथा हिमताल विस्फोटन जोखिम न्यूनीकरण आयोजनामार्फत नेपाली सेनाले आठ महिना लगाएर तालको ३ दशमलव ४ मिटर पानी घटाएको छ । नेपाली सेनाले अघिल्लो वैशाखको पहिलो हप्ताबाट सुरु गरेको उक्त कार्यमा युएनडिपिले रु। ३० करोड सहयोग गरेको जनाइएको छ । अब तालको नियमित अनुगमन तथा व्यवस्थापन जल तथा मौसम विज्ञान विभागले गर्नेछ ।

इम्जाको पानी घटाउने काम सकिएपछि जडान गरिएको प्राविधिक संरचनाको आज बिहान खुम्जुङस्थित इम्जाताल परिसरमा आयोजित उद्घाटन समारोहमा रक्षामन्त्री बालकृष्ण खाँणले इम्जातालको जोखिम न्यूनीकरणमा नेपाली सेनाले पुरियाएको योगदानको प्रशंसा गर्नुभयो ।

सो अबसरमा जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशीले हिमतालको खतरालाई कम गर्न नेपाली सेना सक्षम रहेको कुरा इम्जामा गरेको कुशल कामबाट प्रमाणित भएको बताउनुभयो । रासस

 

प्रकाशित : ८ मंसिर २०७३, बुधबार ००:००