१४ आश्विन २०८०, आइतबार । October 2, 2023

Slider samachar

गौतम गम्भीर टिम बाहिर



gmनयाँ दिल्ली, ८ मंसिर  । भारतीय टेस्ट टोलीका प्रारम्भिक ब्याट्सम्यान गौतम गम्भीर पुनः टोलीबाट बाहिरिएका छन्। इङ्ल्यान्डविरूद्ध तेस्रो टेस्ट पूर्व उनलाई टोलीबाट बाहिर गरिएको छ। उनको स्थानमा भुवनेश्वर कुमार टोलीमा फर्किएका छन्।

३५ वर्षीय गम्भीरलाई न्युजिल्यान्डविरूद्ध दोस्रो टेस्टमा घाइते भएका लोकेश राहुलको स्थानमा टोलीमा स्थान दिइएको थियो। गम्भीरले न्युजिल्यान्डविरूद्ध इन्दौरमा भएको तेस्रो टेस्टमा पहिलो इनिङमा २९ र दोस्रो इनिङमा ५० रन बनाएका थिए।
दिल्लीबाट रणजी कप्तान गम्भीरले इङ्ल्यान्डविरूद्ध पहिलो टेस्टमा खासै राम्रो प्रदर्शन गरेका थिएनन्। उनी पहिलो इनिङमा २९ र दोस्रोमा शुन्यमा आउट भएका थिए। त्यसैले दोस्रो टेस्टमा लोकेशलाई पुनः टिममा बोलाइएको थियो। मंगलबार तेस्रो टेस्टको लागि सार्वजनिक गरिएको १६ सदस्यीय टोलीमा उनको नाम हटाइएको हो।

प्रकाशित : ८ मंसिर २०७३, बुधबार ००:००