१२ बैशाख २०८१, बुधबार । April 25, 2024

Life Style

क्यान्सर, राज्यकोष, वीपी र सुजता



कामना छ–सुजता कोइरालाको शीघ्र स्वास्थ्य लाभको । प्रार्थना छ – क्यान्सर जस्तो घातक आक्रमणबाट उनले चाँडै मुक्ति पाउन् । चिकित्सकहरुले प्राप्तभएसम्मको उपचार पद्धति अपनाएर स्वास्थ्य नेतृलाई घर फर्काउन् ।
प्रश्न छ सर्वत्र पचास लाखको । विरोध छ – राज्यकोशबाट झिकिएको त्यो धनरासीको । स्पष्ट हुनुपर्ने विषय के हो भने यी दुई विषय अन्तरसम्बन्धित हुदै होइनन् । क्यान्सर उनको शारीरिक दशा हो जुन नहुनुपथ्र्यो तर भयो र पचास लाख भ्रष्ट आचारको नमुना हो जुन नमाग्नु पथ्र्यो मागियो तथा नदिनुपथ्र्यो तर दिइयो ।
सुजताका बडाबा वीपी कोइरालालाई राजा महेन्द्रले दुई लाख दाम दिएर क्यान्सरको उपचार गर्न पठाएका थिए । पुर्खाको इतिहास नियालिरहेकी सुजातालाई पनि राज्यको रकम हात पार्न हतार भएको देखियो । तर परिस्थिति एउटै होइन भनेर उनले बुझ्नुपथ्र्यो तर उनले बुझिनन् या बुझ्न चाहिनन् महेन्द्रको सहयोग नभएको भए विपीको उपचारमा समस्या हुने थियो । निष्ठाको राजनीति गरेका विपीसंग यथेष्ट रकम थिएन । राज्यबाट जुन सहयोग हुनुपथ्र्यो त्यो भएको थियो । त्यो स्रोत निष्ठाको राजनीति गर्ने नेता, नेतृहरु आज पनि छन् । सिद्धान्तको राजनीतिको आडमा पेशाको राजनीति गर्नेहरु त कति हो कति छन् र भ्रष्ट आचारको पनि कान्ति घुसपैठ भएको छैन । स्पष्ट छ अहिलेका नेताहरु आर्थिक सम्पन्न छन् । सुजता यही सम्पन्न वर्गमा पर्छिन् ।
सम्पन्नहरुलाई चाहि राज्यबाट सहयोग गर्नै हुन्न भन्ने होइन । राज्यका लागि सबै नागरिक बराबर हुन् तर सुजताले रकम हात पार्न जुन फाष्ट ट्र¥याकको बाटो अपनाएकी छन् यो आलोच्य मात्र हाइन गैर कानुनी पनि छ । यो घटनाले उठाएका विविध प्रश्नहरु छन् जसको जवाफ उनी र रकम दिलाउने प्रधानमन्त्री लगाएतका महनुभावसंग छैन ।
एउटा सोझो प्रश्न के भने सुजातालाई ठीक्क एक करोडको रोग लागेको हो ? किनभने उनले एक करोडको माग गरेकी हुन् । सरकारले आधामात्र रकम दिलायो । दोश्रो प्रश्न हो अब उनको रोग आधामात्र निको हुन्छ ? पचास लाखले खर्च पुगेन भने रकम थप हुन्छ या हुन्न ? त्यो भन्दा धेरै कममा उपचार भयो भने उनले राज्यलाई रकम फिर्ता गर्छिन या गर्दिनन् ? व्यवहारत ः यी प्रश्नहरुको जवाफ उनले दिनु नपर्ला तर हचुवाको भरमा रकम हात पारेको भ्रष्ट आचरणलाई संकेत गर्दछन् यी प्रश्नहरुले ।
सुजाताले राज्यबाट पचार लाख थाप्दैगर्दा अमेरिकाका नव निर्वाचित राष्ट्रपतिले बार्षिक एक डलर मात्र तलब लिने घोषणा गरे भने रुसी मन्त्री लाखौ घुस लिदालिदै पक्राउ परे । त्यागको नव राष्ट्रपतिले ट्रम्म धन्य हुन् । सबैबाट त्यागको आशा गर्नुहुदैन । त्याग महाविचारको उपज हो सबै ट्रम्प हुन सकिन्न तर उच्च तहमा पुगेर पनि घुस्याहा रुसी मन्त्री बन्न किन ढुकिरहन्छौ हामी ?
कानुनले प्रवृत्ति र अशयको मापन गदैन तर चिकित्सकहरुको समितिले नेपालमा उपचार हुन नसक्ने रोगीहरुलाई मात्र राज्यले आर्थिक सहयोग गर्न सक्ने प्रावधान रहेकोमा अदुवा जस्ता कानुन कार्यान्वयन निकायहरुले सुजातासंग पचास लाखको हिसाब मिलाउन भन्छन् कि भन्दैनन् ?

प्रकाशित : ८ मंसिर २०७३, बुधबार ००:००