१२ चैत्र २०८०, सोमबार । March 25, 2024

मुख्य खबर

आदिवासी जनजाति महासंघको महाधिवेशन चितवनमा हुंदै



rairai

नेपाल आदिवासी जनजाति महासंघको केन्द्रीय महाधिवेशन चितवनमा हुने भएको छ । आउँदो पुस २, ३ र ४ गते तीन दिन महाधिवेशन चितवनमा हुने निर्णय गरिएको महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले नारायणी अनलाईनलाई जानकारी दिनुभयो ।

उहाँले महाधिवेशनको लागि तयारी सुरु भई सकेको बताउनुभयो । तर चितवनका कुन स्थानमा गर्ने बारे भने तय भएको छैन् । यसअघिको महाधिवेशन पनि चितवनको सौराहामा नै भएको थियो । त्यसबेला अध्यक्षमा कुमाल निर्वाचित हुनु भएको थियो । चितवन जिल्ला आदिवासी जनजातिहरुको पनि पकड भएको जिल्लाको रुपमा लिइन्छ । विशेषगरि यहाँ थारु, गुरुङ, मगरलगायतका आदिवासी जनजातिहरुको बसोबास रहेको छ ।

प्रकाशित : ७ मंसिर २०७३, मंगलबार ००:००