१२ चैत्र २०७९, आइतबार । March 26, 2023

Slider samachar

किरात राज्य नामाकरण गर्न प्रधानमन्त्रीसंग मोर्चाको माग



2-dकाठमाडौं । किराती राष्ट्रिय मुक्ति मोर्चाले सोमबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई ज्ञापनपत्र बुझाउदै पूर्वी नेपाललाई किरात राज्य स्थापना गर्न माग गरेका छन् ।

मोर्चाको तर्फबाट प्रधानमन्त्री निवास लाजिप्पाटमा भेटेर ज्ञापन पत्र बुझाएका हुन् । प्रधानमन्त्रीलाई भेट्न पार्टी सचिवालय सदस्य तथा किरात फ्याक्सन इन्चार्ज हिमाल राई, मोर्चाको संयोजक दुर्गा राई, सल्लाहाकार डा.शिवकुमार राई, बासु, तिलक राई, कार्यालय सदस्य शौभाग्यवती राई, बिर्सिका राई लगायतको टोली रहेका थिए ।
संविधान संशोधन मार्फत पूर्वी नेपाललाई किरात स्वायत्त राज्य स्थापित गर्न ज्ञापन पत्रमा उल्लेख छ । जनयुद्धको क्रममा राजेन राई(मण्डेला), कुलराज जिमी, अर्जुन राई, प्रेम कन्दङ्वा, जसोधा कन्दङ्वा लिम्बू, चेतकुमारी राई लगायतले बलिदान दिएको, नवीन राई, दिलबहादुर राई लगायतका नेताहरु अझै बेपत्ता पारिएको प्रधानमन्त्रीलाई स्मरण गराएका छन् ।
जातीय मुक्तिको लागि २०६० माघ १९ गते गोपाल किराती नेतृत्वमा किरात गणराज्य घोषणा गरिएपनि घोषित नयाँ संविधानमा किरात स्वायत्त राज्य नभएको प्रति दुःख व्यक्त गर्दै संविधान संशोधनसंगै किरात राज्य स्थापना गरिनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापनपत्र मोर्चाको संयोजक दुर्गा राईले प्रधानमन्त्री दाहाललाई बुझाएका थिए ।
ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री दाहालले किरातीहरुले उठाउँदै आएको मुद्धाको बारेमा जानकार रहेको बताए । प्रधानमन्त्री दाहालले किरातीहरुले माग गरेजस्तै १ नम्बर प्रदेशको प्लट मिलेपनि पार्टीले पार्टीको नीतिसंग अलिक फरक रहेको बताए ।
ज्ञापनपत्र ठीक समयमा आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आजै माधेशी मोर्चा, संघीय गठबन्धन, एमाले र कांग्रेसका नेताहरुसंग छलफल रहेको त्यहा किरातीहरुको कुरा पनि राखिदिने बताए । पार्टीका नेताहरुले ८ प्रदेश र सीमाना हेरफेर गर्न नमाने १० प्रदेश सहितको संशोधन प्रस्ताव राख्ने प्रधानमन्त्री दाहालले किराती नेताहरुलाई बताए ।

प्रकाशित : ६ मंसिर २०७३, सोमबार ००:००