१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मुख्य खबर

सुरु भयो नयाँ शक्तिको बैठक, हेर्नुहोस् एजेण्डा



naya_baburam

काठमाडौँः नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्यकारी समिति बैठक सोमबारदेखि ललितपुरमा सुरु भएको छ । केन्द्रीय कार्यकारी समितिको बैठक बस्नु अघि सयौँको संख्यामा नयाँ शक्तिका नेता सिद्धार्थ कटेज, धोबीघाटमा उपस्थित थिए । कार्यकारी समितिको बैठक भएपनि केन्द्रीय परिषद् सदस्य, संयन्त्रका सदस्यहरुको बाहिरी उपस्थिति रहेको थियो ।

कात्तिक ३ गते बसेको विशेष राजनीतिक समितिको बैठकको निर्णयानुसार गठित विभिन्न ६ ओटा कार्ययोजना निर्माण कार्यदलहरुले तयार पारेका एजेण्डाहरुमाथि बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

तीन दिन चल्ने बैठकमा विभिन्न कार्ययोजना निर्माण कार्यदलहरुले तयार पारेका घरआँगनमा नयाँ शक्ति कार्ययोजना, राष्ट्रिय तथा सामाजिक अभियानको कार्ययोजना, स्थानीय निकाय निर्वाचन केन्द्रित कार्ययोजना, संगठन विस्तार तथा अधिवेशन अभियान कार्ययोजना, आर्थिक स्रोत परिचालन तथा व्यवस्थापन कार्ययोजना आदि एजेण्डाहरुमाथि छलफल हुनेछ । बैठकले पार्टीको महाधिवेशनसम्मको निर्णय गर्नसक्ने बताइएको छ ।

प्रकाशित : ६ मंसिर २०७३, सोमबार ००:००