१५ चैत्र २०८०, बिहिबार । March 29, 2024

Life Style

उदयपुरमा नेत्र ज्योतीको एम्बुलेन्स सेवा प्रारम्भ

दलितलाई १० प्रतिशत छुट



foto-2-1

उदयपुर, ६ मंसिर ।  नेत्रज्योती संघ उदयपुरले ग्रामिण समुदाय र दलित समुदायलाई विशेष सुविधाका साथ सोमबारदेखि एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ ।
भारतीय राजदुतावासबाट सहयोग स्वरुप एम्बुलेन्स पाएपछि संघले एम्बुलेन्स सेवा प्रारम्भ गरेको हो । एक समारोहकाबीच त्रियुगा नगरपालिकाका सबैभन्दा जेष्ठ दलित नागरिक ९४ बर्षीय रत्नबहादुर परियारले रिवन काटेर एम्बुसेन्स सेवाको प्रारम्भ गरेका छन् । सेवा प्रारम्भसंगै एम्बुलेन्स सेवामा दलित समुदायलाई दश प्रतिशत छुट दिने र ग्रामिण भेगका समुदायलाई विशेष सुविधा दिने नेत्र ज्योती संघ उदयपुरका अध्यक्ष भागवत राउतले बताए । प्राथमिक आँखा उपचार केन्द्र गाईघाटले सन्चालन गरेर सेवा प्रवाह गर्दै आएको संघले विरामीका लागि एम्बुलेन्स सेवासमेत सन्चलनमा ल्याएपछि सेवाको दायरा फराकिलो भएको छ ।
कार्यक्रममा नेत्र ज्योती संघका केन्द्रिय उपाध्यक्ष डाक्टर चेतराज पन्त, प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले एम्बुलेन्स सन्चालनले विरामीले सुविधा पाउनेमा विश्वास ब्यक्त गरे । कार्यक्रममा नगरपालिकाका दलित समुदायको ठूलो सहभागिता रहेको थियो भने विभिन्न राजनीतिक दल, नागरिक समाज, कार्यालय प्रमूख, सुरक्षा प्रमूख, पत्रकार र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रकाशित : ६ मंसिर २०७३, सोमबार ००:००