६ बैशाख २०८१, बिहिबार । April 19, 2024

Uncategorized

प्रोफाइल : भीष्मराज आङ्देम्बे



 

1-vismaraj-angdembeपाँचथर क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित सभासद हुन भीष्मराज आङदेम्बे । उनी अहिले संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति समेत छन् । उक्त समितिले उद्योग वाणिज्य साथै उपभोत्ता हितको विषयमा छलफल र आवश्वयकता अनुसार सरकारलाई निर्देशन दिन्छ । आङ्देम्बे सभापति भएयता सो समितिले गरेको कार्यले निक्कै चर्चा पाएको छ ।
आङ्देम्बेलाई पाँचथरवासी एक हक्की, साहसीलो र बहुआयमीक नेताको रुपमा लिन्छन् । उनको जन्म नवमीडाँडा गाविस–८ मा बुवा धनेन्द्रराज आङ्देम्बे र आमा डम्बरकुमारी आङ्देम्बेको कोखबाट वि.स. २०२१ असोज १५ गते भएको हो । कानुनमा स्नातक आङ्देम्बेले प्रारम्भिक शिक्षा नवमीडाँडा, इलाम र भारतको कालिपुङबाट लिएका थिए ।bhism
आङ्देम्बेको परिवार र राजनीति परिपुरक जस्तै थिए । पञ्चायतका स्थायी सत्रुका रुपमा रुपमा परिवार भएकाले भीष्मराजको राजनीतिक विषयसंग बाल्यकालदेखि नै निकटता रह्यो । उनी १३ बर्षको कलिलो उमेरदेखि राजनीतिमा सक्रिय छन् । उनी नेपाली काङ्ग्रेसको जिल्ला तह, नेविसंघ केन्द्रिय सदस्य र तरुण दलका केन्द्रिय उपाध्यक्ष हुदै हाल पार्टीको केद्रीय सदस्य तथा जनजाति विभाग प्रमुखका रुपमा रहेका छन् । आफ्नो परिवारको राजनीतिक विरासत भए पनि यहाँसम्म आफ्नै बल बुत्ता, त्याग तपस्या, मेहनत र धेर्यताले आईपुगेको बताउँछन । वि.स. २०५६ र २०६४ का निर्वाचनमा उनी पराजित भएका थिए । भनिन्छ राजनीतिमा थकाइ भन्ने शब्द हुदैन । दोस्रो संविधानसभाको निर्वाचनमा पुनः उमेदवारी दिए । विजयी बने । यो संघर्ष र धैर्यताको एउटा राम्रो नमुना हो । जेल नेलको कुरै नगरौ । प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको आन्दोलनमा दर्जनौ पटक सेन्टर जेल, भद्रगोल, झापा, हनुमान दोका लगायतका चिसो हावा खाएका छन् । आङ्देम्बे हाल श्रीमती ललितादेविका साथ सपरिवार मध्यपुर ठिमी कौशलटारमा बस्दै आएका छन ।

v-l

प्रकाशित : ५ मंसिर २०७३, आइतबार ००:००