१० चैत्र २०८०, शनिबार । March 23, 2024

खेलकुद

मैत्रीपूर्ण खेलमा जापान पराजित



काठमाडौं । मैत्रीपूर्ण फुटबलमा नेपालीले जापानलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको मैत्रीपूर्ण खेलमा नेपाल जापानी टोलीलाई १–० गोल अन्तरले हराएको हो ।

खेलको ५७ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गरे । यहि गोल निर्णाक बन्यो । गोल पोस्टमा विमल घर्तीले दिएको पास विक्रम लामाले प्रहार गरे । जापानी गोल रक्षकले बल नियन्त्रणमा लिन नसक्दा फुत्कियो । सोहि मौकाको सदुपयोग गर्दै नवयुगले गोल हाने ।

जापानी टोलीमा सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकपमा प्रतिस्पर्धा गरेका टोडा काजुयुकी थिए । जापानी टोलीमा जे लिगमा खेल्ने तथा विश्वभर व्यावसायिक फुटबल खेलिरहेको खेलाडीहरूको सहभागि थिए । काजुयुकीले इङ्लिस क्लब टोटनहाम हर्टस्परबाट समेत व्यावसायिक फुटबल खेलेका थिए ।

नेपाल र जापानबीच दौत्य सम्वन्ध स्थापना भएको ६० औं वर्षगाँठको अबसरमा अखिल नेपाल फुटबल संघ एन्फाले कलरबाथसंंग मिलेर मैत्रिपूर्ण च्यारिटी खेल आयोजना गरेको थियो ।

प्रकाशित : ४ मंसिर २०७३, शनिबार ००:००