१२ श्रावण २०८१, शनिबार । July 27, 2024

अर्थ

खेलाडी ओसार्न १ करोड ६३ लाख रुपैयाँमा प्राइभेट जेट भाडामा



लन्डन, एजेन्सी

विश्वकप छनोटमा संलग्न आफ्ना दक्षिण अमेरिकी फुटबल खेलाडीलाई पुनः क्लब फुटबलमा सहभागी गराउन बेलायत र फ्रान्सका तीनवटा क्लब मिलेर संयुक्त रुपमा करिब १ करोड ६३ लाख रुपैयाँमा प्राइभेट जेट भाडामा लिएका छन्।
बेलायतबाट प्रकासित हुने ‘डेली मेल’ पत्रिकाका अनुसार इङ्लिस क्लब लिभरपुल, म्यानचेस्टर युनाइटेड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनी ९पिएसजी० ले संयुक्त रूपमा जेट प्लेन भाडामा लिएका थिए। खेलाडीहरू बुधबार नै क्लब फर्किसकेका छन्।
क्लबले उपलब्ध गराएको भाडाको जेटमा फर्किने खेलाडीमा ब्राजिल, अर्जेन्टिना, चिली र कोलम्बियाका खेलाडी थिए। सबै खेलाडीलाई पेरुबाट युरोपमा ओसारिएको थियो। नियमित जेटबाट फर्किनेमा चेल्सीका ब्राजिलियन खेलाडी विलियान भएपनि लिभरपुलका फिलिप कोटिन्हो र रोबेर्टो फिरमिन्हो भाडामा लिएको जेटबाट फर्किएका थिए।
यस्तै, म्यानचेस्टर सिटीबाट खेल्ने ब्राजिलका फर्नान्डिन्हो, अर्जेन्टिनाका सर्गियो अगुइरो, निकोलस ओटमान्डी र पाब्लो जाबलेटा पनि प्राइभेट जेटबा फर्किएका थिए। आर्सनलबाट खेल्ने चिलीका अलेक्स सान्चेज र कोलम्बियाका डेभिड ओस्पिना पनि एउटै जेट प्लेनमा थिए।

प्रकाशित : ३ मंसिर २०७३, शुक्रबार ००:००