१० बैशाख २०८१, सोमबार । April 23, 2024

ग्लोबल

अरबमा मजदुरले भोग्नु परेको समस्या समाधानमा सरकार उदासिन



nsm-8काठमाडौं : वैदेशिक रोजगारका लागि साउदी अरबमा गएका नेपाली कामदारहरुले भोग्नु परेको समस्याको समाधान गर्न सरकारले अझै प्रभावकारी रुपमा पहल गर्नु पर्नेमा जोड दिईएको छ ।
सोमबार नेपाली साझा मंचले काठमाडौंमा आयोजना गरेको वैदेशिक रोजगारका क्रममा साउदी अरबमा देखिएको समस्या र समाधान विषयक एक सर्वपक्षीय अन्तक्र्रिया कार्यक्रममा सहभागि वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
हाल विदामा साउदी अरबबाट नेपाल आएका मंचका अंतर्राष्ट्रिय अभियंताहरुको सक्रियतामा आयोजित सो कार्यक्रममा अभियंता महेश श्रेष्ठले साउदी अरबमा देखिएको समस्या र समाधान विषयक कार्यपत्र पेश गरेका थिए । उनले नेपाली पुरुष कामदार र महिला कामदारहरुले भोग्नुपरेको समस्या चर्चा गर्दै १६ बुंदे समाधानका उपाय औल्याएका थिए । श्रेष्ठले साउदी अरबमा नेपाली कामदारहरुले भोग्नु परेको समस्या समाधानका लागि कामदार मागका लागि पूर्वस्वीकृति दिईने अधिकार वैदेशिक रोजगार ऐन संशोधन गरेर राजदुतावासलाई मात्रै दिईनु पर्ने, वैदेशिक रोजगार कल्याण कोष ऐनमा उल्लेख भएको प्रावधान अनुसार पूर्णरुपमा परिचालन गर्नु पर्ने बताए । कोष संचालनमा वैदेशिक रोजगार ऐनको प्रावधान अनुसार दफा ३३ को उप दफा ९१० मा वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग देहायको प्रयोजनका लागि गरिनेछ  भन्ने अन्तर्गत “९खमा कामदारको अङ्गभङ्ग भई वा दफा ७५ को उपदफा ९१० को कारणबाट कामदारलाई स्वदेश फिर्ता गराउन, क्षतिपूर्ति दिन र त्यसरी फिर्ता आएका कामदार वा निजको परिवारलाई आर्थिक सहयोग प्रदान गर्न” उल्लेख छ । कोष संचालनको दफा ७५ मा “कामदारलाई स्वदेश फिर्ता गर्ने व्यवस्था  ९१० करार बमोजिमको सुविधा नपाएको कारणबाट कामदार अलपत्र परी त्यस्तो कामदार स्वदेश फिर्ता हुनु पर्ने स्थिति आएमा सम्बन्धित इजाजतपत्रवालाले त्यस्तो कामदारलाई स्वदेश फिर्ता गराउनु पर्नेछ ।” भनिएको छ तर हालसम्म साउदी अरबमा पीडित कामदारहरुको उद्धारका निम्ति कोषले सहयोग नगरेको पनि उनले खुलासा गरे । त्यसैगरी साउदी अरबमा देखिएको कामदारहरुको समस्या समाधान नभएसम्म थप नयाँ कामदार पठाउन नहुने र त्यही भएका कामदारहरुलाई व्यवस्थापन गर्नु पर्नेमा पनि श्रेष्ठले जोड दिएका थिए ।
अभियंता श्रेष्ठले प्रस्तुत गरेको कार्यपत्र उपर टिप्पणी गर्दै वैदेशिक रोजगार विभाग कार्यालयका प्रमुख कृष्णप्रसाद दवाडीले उल्लेख गरिएका समस्या सही र समाधानका उपाय उपयुक्त भएको चर्चा गर्दै यसप्रति सरकार र नीति निर्माताहरुको ध्यानाकर्षण हुनु पर्ने बताए । साउदी अरबमा लामो समय श्रम सहचारीको अनुभव भोगेका दवाडीले दुःख पाउन वैदेशिक रोजगारमा नजान र स्वदेशमै परिश्रम गर्न आह्वान गरे । उनले साउदी अरबमा देखिएको समस्यालाई न्यूनिकरण गर्न श्रम स्वीकृतिमा कडाई गरिन थालेको पनि जानकारी दिए । त्यसैगरी मंचले झिटिगुन्टाको नियम परिवर्तनप्रति  गरेको विरोधका सम्बन्धमा चाडै उक्त नीति परिवर्तन हुन लागे पनि दवाडीले बताए ।
यसैगरी वैदेशिक रोजगार व्यवसायी संघका साउदी अरब संयोजक ईश्वर जिसिले कामदारहरु अलपत्र पार्ने झुक्काउनेहरुलाई कार्वाही गर्न संघ प्रतिबद्ध रहेको बताउदै ऐजेन्टको भनाईमा विश्वास नगर्न र वैदेशिक रोजगारमा जान अघि पूर्ण जानकारी लिएर मात्रै जानु पर्ने सुझाए । संयोजक जिसिले मंचसंग हातेमालो गरेर समस्या समाधानमा पहल गर्न आफूहरु तयार रहेको पनि बताए ।
भ्रष्टाचार विरोधी अभियंता शारदा भुषाल झाले वैदेशिक रोजगारका क्रममा नेपालीहरुले विदेशमा दुःख पाएको नेपालीहरुप्रति व्यक्त गर्दै उनीहरुको न्यायिक संघर्षमा आफूले हरसमय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
यसैगरी पौरखी नेपालकी फोकल पर्सन विनिता बन्जाराले कार्यपत्रमा उठाईएका कुराहरु आफूहरुको समेत ऐजेण्डा भएको साथै महिलाहरुको उद्धार र उनीहरुको हकहीतका सवालमा कार्य गरिरहेको जानकारी दिदै मंचसंग सहकार्य गरेर वैदेशिक रोजगारमा देखिएका समस्याको समाधान खोज्न विश्वव्यापी पहल गर्नु पर्नेमा जोड दिईन् ।
कार्यक्रममा जिफन्टकी अधिवक्ता निशा बानियाले समस्या समाधानका लागि सरकारले तदारुकता देखाउनु पर्ने बताईन । विवेकशिल नेपाली दलका केन्द्रीय सदस्य मिलन पाण्डेले मुलुकमा नेतृत्वहरुकै कमजोरीले समस्या सृजना भएको चर्चा गर्दै समाधानका लागि सबै एकजुट हुनुपर्ने बताउदै कार्यक्रममा प्रतिबद्धता मात्रै होईन नीति निर्माण र कार्यान्वयमा समेत लागु गरिनु पर्नेमा जोड दिए ।
यसैगरी एमालेकी युवा विभागकी केन्द्रीय सदस्य मिना श्रेष्ठले स्वदेशमै रोजगार पाउनुपर्ने अवस्था निर्माण गरेर युवाहरुलाई वैदेशिक रोजगारमा जानेबाट रोक्नुपर्नेमा जोड दिए । उनीले मंचको तर्फबाट सहभागीहरुलाई स्वागत समेत गरेकी थिईन ।
मंचका अन्तर्राष्ट्रिय अभियंता रामकृष्ण घिमिरेको सभापतित्वमा र अभियंता युवराज सफलबाट संचालित सो कार्यक्रममा साउदी अरबका अभियंता तथा समाजसेवी भक्तबहादुर हमालले साउदी अरबमा आफूले भोगेको पीडा सुनाएका थिए ।
कार्यक्रममा तमलोपाका सहकोषाध्यक्ष कविन्द्रनाथ ठाकुर, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य लगायतको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित : २ मंसिर २०७३, बिहिबार ००:००