२ बैशाख २०८१, आइतबार । April 14, 2024

छापा खबर

तरुण दलमा बस्नेत

संस्थागत रुपमै भागबण्डा



tarundal_electionकाठमाण्डौ । नेपाली काङ्गेसको शक्तिशाली भ्रातृ संस्था नेपाल तरुण दलको पोखरा महाधिवेशनले अध्यक्षमा जितजङ्ग बस्नेतलाई सर्वसम्मतरुपमा चयन गरेको छ । उपाध्यक्षमा उत्तम चापागाइँ, महामन्त्रीमा भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान गुरुङ चयन भएका छन् ।
काङ्ग्रेसले सर्वसम्मतरुपमा नेतृत्व चयन गरेको बताए पनि भागबण्डा गरी पदाधिकारी चयन गरेका हुन । चुनावी अभ्यास नभएसंगै विभिन्न टिकाटिप्णी सुरु भएका छन् । सर्वसम्मतीको नाममा पार्टीमा गुट उपगुटको संस्कारलाई औपचारीकता दिएको भन्दै तरुण दलका एक तप्काले सामाजिक सञ्जालहरुमा कडा टिप्पणी गरिरहका छन् ।
अध्यक्ष बस्नेत पार्टी सभापति शेरबहादुर देउवा निकट हुन । उपाध्यक्ष चापागाइँ पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका हुन । महामन्त्री शाही वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र कोषाध्यक्ष नेता खुमबहादुर खड्का निकट मानिन्छन् ।

संशोधित विधान अनुसार ९५ सदस्य कार्य समिति रहने छन् । समितिका अन्य सदस्यको नामावली निर्देशन समितिको अर्को बैठकले तय गर्ने बताईएको छ ।

प्रकाशित : १ मंसिर २०७३, बुधबार ००:००