१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मुख्य खबर

काभ्रेका भूकम्पपीडितका लागि लुथरनले ४ सय घर निर्माण गर्दै



img_2163-lowकाभ्रेपलाञ्चोक, १ मंसिर । द लुथरन वल्र्ड फेडरेसन(एलडब्लूएफ्) नेपालले काभ्रेपलाञ्चोक जिल्लाका ुकम्पपीडीतका लागि भूकम्प प्रतिरोधि घरको निर्माण कार्य सुरु गरेको छ ।
शान्ति जन आर्दश सेवा केन्द्रको सहकार्यमा भूकम्प पश्चातको पुनःनिर्माण तथा जीविको पार्जन पुनःलाभ परियोजना मार्फत भूकम्प पीडितका लागि घर निर्माण सुरु भएको हो । जिल्लाको नयाँ गाउँ, गैरी विसौना, बालुवापाटी, महादेवस्थान र जैसिथोक पाँच गाबिसमा १ सय १० घर निर्माण कार्य भइरहेको द लुथरन वल्र्ड फेडरेसनका परियोजना प्रवन्धक ऋतु वर्ण सिलवालले बताए ।house
यस पाँच गाविसमा ३ सय ८७ घर निर्माण हुनेछ । ११ करोड ६१ लाख लागतमा निर्माण कार्य सम्पन्न हुनेछ । एक बर्ष भित्र निर्माण कार्य सम्पन्न गरी स्थानीयलाई हस्तान्तरण गर्ने सिलवालले जानकारी दिए । परियोजना मार्फत यस क्षेत्रमा भूकम्पपीडितहरुको जीविको पार्जनका लागि समेत कामभइरहेको छ । हालसम्म ४० ओटा घर पूर्ण रुपमा निर्माण सम्पन्न भएको परिजनाका अनुगमन तथा मुल्याङ्न अधिकृत जगदीश्वर श्रेष्ठले बताए ।img_2189-low

प्रकाशित : १ मंसिर २०७३, बुधबार ००:००