१ बैशाख २०८१, शनिबार । April 13, 2024

Life Style

मुगुका २ सय ४९ बालबालिकामा कडा कुपोषण



malnutrition

यस वर्षको साउनदेखि असोज महिनासम्म जिल्लाका २४ गाविसका १ हजार ३ सय ११ बालबालिका मध्ये २ सय ४९ बालबालिकामा कडा कुपोषण देखिएको शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम मुगुले जनाएको छ ।

रातापानी प्राथमिक स्वास्थ्य केन्द्र, खनाय, नाथर्पु, माँग्री, श्रीकोट, काँलै स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रमको तथ्याङ्कमा छ । महिनादेखि माथि र पाँच वर्षमुनिका १ हजार ३ सय ११ बालबालिका मध्ये २ सय ४९ बालबालिकामा कडाखालको कुपोषण देखिएको शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम मुगुका मनिटर लोकबहादुर विश्वकर्माले बताएका हुन ।

बालबालिका कुनै खालको कुपोषणको शिकार नहुन् भन्ने उद्देश्यले नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम जिल्लाका रातापानी प्राथमिक स्वास्थ्य केन्द्र, खनाय, नाथर्पु, माँग्री, श्रीकोट, काँलै स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा लागु गरेको थियो ।

यस आर्थिक वर्षमा तीन महिनामा २४ गाविसका १ हजार ३ सय ११ बालबालिका मध्ये कडा कुपोषण भएका २ सय ४९ जना बालबालिका देखा परेको भएपनि ४० जना बालक र ५४ जना बालिकाको उपचार गरी सञ्चो भएको शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम मुगुका मनिटर लोकबहादुर विश्वकर्माले बताए ।

अघिल्लो वर्ष ६ महिनादेखि माथि र पाँच वर्षमुनिका जिल्लाका बालबालिकाको कूल सङ्ख्याको १२ दशमलब ६२ प्रतिशत कडा कुपोषित बालबालिकाको तथ्याङ्कमा देखाएको थियो । यो वर्षपनि कडा कुपोषित बालबालिकाको सङ्ख्या बढन सक्ने साउनदेखि असोज महिना सम्मको तथ्याङ्कले देखाएको छ ।

अहिले जिल्लाका २४ गाविसका सबै स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयमसेविकामार्फत बालबालिकामा कुनै खाले कुपोषण नलागोस भनि जिल्ला स्वास्थ्य कार्यालयले कुपोषणसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ ।

कडा कुपोषित देखिएका बालबालिकाका अभिभावकले खानपिनमा सुधार गर्ने हो भने सन् २०२० सम्म जिल्लालाई कुपोषित मुक्त जिल्ला बनाउन सकिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कुपोषणकै कारण बालबालिकाले ज्यान गुमाउन नपरोस भनि जिल्ला जनस्वास्थ्य कार्यालय र अन्य गैर सरकारी संस्थाले सचेतनामूलका कार्यक्रम सञ्चालन गरेको पाइएपनि स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नबस्ने र समयमा जनचेतना नपाउँदा बालबालिकामा कडा खालको कुपोषण देखा पर्ने गरेको छ ।

INSEC

प्रकाशित : १ मंसिर २०७३, बुधबार ००:००