१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

अर्थ

उदयपुरमा भूमिगत सिंचाई योजना सूरु



20161116_093445उदयपुर, १ मंसिर । उदयपुरको त्रियुगा नगरपालिका–९ स्थित श्रीपुरमा एक करोड रुपैंया लागतमा भूमिगत सिंचाई योजनाको काम सुरु गरिएको छ ।
नगरपालिका भए पनि आवश्यक पूर्वाधारबाट वञ्चित हुदै आएको श्रीपुरमा कृषि उत्पादन बढाउने उदेश्यले ‘डिप बोरिङ सिंचाई योजना’ सञ्चालन गर्न लागिएको हो । योजनाको सिल्यान्यास पूर्व सभासद तथा नेकपा माओबादी केन्द्रका उदयपुर इन्चार्ज मोहन खत्री (पिपक) ले गरे । अन्य ठाउँ भन्दा उचाईमा रहेको श्रीपुर क्षेत्रमा खोला र सिमजस्ता लजाधारको स्रोत नभएका कारण स्थानीय किसान सिंचाई सुविधाको अभावमा धेरै मेहनत गरे पनि मेहनत अनुसार उत्पादन हुन सकेको छैन । श्रम अनुसारको उत्पादन पाउन असफल भएको गुनासो जनताबाट आएकाले योजना सञ्चालन गर्न पहल थालिएको उनीहरुले बताए । भूमिगत जल सिंचाई विकास डिभिजन लाहानबाट एक करोड लागतमा निर्माण हुन लागेको सो क्रमागत योजनामा चालु आर्थिक वर्षमा २० लाख रुपैंया खर्च गरिने छ ।
श्रीपुर डिपबोरिङ सिंचाई योजना निर्माण उपभोक्ता समितिका सचिव दिपक किरातीले त्रीवर्षीय सो योजना आउँदो ३ वर्षभित्र सम्पन्न गरि किसानको खेतमा सिंचाई वितरण गर्ने कार्यतालिका समितिले तयार गरेको बताए । योजनाको कामका लागि आवश्यक उपकरणहरु झिकाईसकिएको र केही दिनपछि नै काम थाल्ने समितिले जनाएको छ । डिप बोरिङ प्रविधिमा उपकरणको माध्यामबाट भूमिगत पानी जमिनको सतहमा निकालेर ट्यांकीमा जम्मा गरी जग्गामा सिंचाई गर्ने किरातीले बताए । बोरिङ गरेर निकालिएको पानी ट्यांकी वा पोखरीमा जम्मा गरेर पाईपको माध्यामबाट आवश्यक्ता अनुसार खेतमा लगेर सिंचाई गर्ने प्रविधि योजनामा प्रयोग गरिने सचिव किरातीको उल्लेख गरे । udghatan_boring
समितिका अनुसार पहिलो वर्षको २० लाख रुपैंयाले पूर्वाधार निर्माण गरी डिप बोरिङ उपकरण जडान गर्ने काम सम्पन्न गरिने छ । त्यस्तै आगामी वर्षको रकमबाट पाईप खरिद गर्ने र तेस्रो वर्षको रकमबाट खेतमा सिंचाई सुरु गर्ने समितिले जनाएको छ । योजना सम्पन्न भएपछि श्रीपुरको ८५ विगाहा क्षेत्रफल खेतमा सिंचाई सुविधा पुग्ने छ । यसबाट ७ सय घरधुरी कृषक लाभान्वित हुने छन् भने उत्पादन बृद्धि गरेर आयआर्जन बढाउने उदेश्य समितिले लिएको को अध्यक्ष खड्काले बताए ।
समितिका अध्यक्ष खड्काले योजना सञ्चानलका लागि नेकपा माओबादी केन्द्रकी सांसद भेषकुमारी राउत (कोपिला) ले पहल गरेकोमा धन्यबाद दिए ।

प्रकाशित : १ मंसिर २०७३, बुधबार ००:००