१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मुख्य खबर

हत्यारा प्रेमी १२ बर्षपछि पक्राउ



tudikhelll

पाँचथर, १ मङ्सिर । पाँचथरको फलैचाबाट १२ बर्ष अघि एक महिलाको हत्याका आरोपीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
२०६१ भदौ १८ गते फलैचा ७ का पद्मा भनिने मनिषा बेघाको टाउकोमा चोट लागेको अबस्थामा जंगलमा लाश फेला परेको थियो । यस अघि मनिषा र मोहन भनिने बिकास राईको प्रेम सम्बन्ध रहेको हल्ला चले पछि भदौ ८ गते गाउँमा पञ्च भलादमीको सामु ७ दिनमा मनिषालाई बिहे गर्ने म्याद मागेका थिए । म्याद मागेको ३ दिनपछि मनिषा र विकाससंगै हिडीरहेको मनिषाका दाजु जीवन बेघाले देखेका थिए । त्यही दिनदेखि हराएका मनिषा १८ गते मृत अबस्थामा फेला परेका थिए ।
सो घटनापछि फरार रहेका विकास राईलाई आप्mनै घर फलैचा गाविस–७ मा लुकी रहेको अवस्थामा मंगलबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आरोपी राईलाई जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब निरिक्षक नकुल पोखरेलले बताए ।

प्रकाशित : १ मंसिर २०७३, बुधबार ००:००