१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

खेलकुद

सोलिडारिटी कपको उपाधी नेपाललाई (हेर्नुस पुरा भिडियो )



काठमाण्डौ : सोलिडारिटी कपको उपाधि जितेर नेपालले फुटबलमा नयाँ इतिहास रचेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजन गर्ने कुनै पनि प्रतियोगिता नेपालले जीतेको यो पहिलो पटक हो । सन् १९५४ मा एएफसीको सदस्यता लिएको नेपालले ६२ बर्षपछि यो उपाधी चुमेको हो ।
नेपालले परिचित प्रतिद्धन्द्धी मकाउलाई १–० ले पराजित गरेको छ । खेल सुरु हुनुअघि ठूलो पानी परेको थियो । पानीले ओसिलो भएको मलेसियाको कोचिङस्थित सरावक रंगशालामा नेपालले उत्कृष्ट प्रदर्शन गरेका थिए । खेलको २९ मिनेटमा मिडफिल्डर सुजल श्रेष्ठले गोलको अग्रता दिलाएका थिए । त्यहि गोल नै छ निर्णायक गोल बन्न पुग्यो ।
दोस्रो हाफमा मकाउ झन कमजोर बनेपछि नेपालले विपक्षी गोल पोष्टमा निरन्तर प्रहार गरे तर थप गोल भने हुन सकेन ।

प्रकाशित : ३० कार्तिक २०७३, मंगलबार ००:००