८ बैशाख २०८१, शनिबार । April 20, 2024

प्रबिधि

भाइबरको पब्लिक एकाउण्ट सेवा सुरु



tudikhell

काठमाडौं । भाइबरले व्यवसायिक क्षेत्रको लागि पब्लिक एकाउण्ट सेवा सुरु गरेको छ । उक्त सेवाले व्यापार व्यवसाय र ब्राण्डहरुलाई उनीहरुका विश्वव्यापी श्रोतासँग जोड्नका लागि मद्दत गर्ने जनाएको छ । यसले भाइबरको नयाँ व्यवसायिक समाधानले सबै प्रकारका ब्राण्डहरुलाई सेवाग्राही र प्रमुख सेवाग्राहीसँग सम्बन्ध बनाइराख्न मद्दत गर्नेछ । पब्लिक एकाउण्टको सहायताले व्यवसायीहरु, ब्राण्डहरु र चर्चित हस्तीहरुले भाइबर प्रयोगकर्ताहरु बीच आ–आफ्नै तवरले सम्बन्ध कायम राख्न सक्ने बताइएको छ । भाइबरमा एकपटक पब्लिक एकाउण्ट बनाएपछि एडमिन र उनीहरुका श्रोताहरुसँग सिधा व्यक्तिगत तवरमा सूचना आदान प्रदान गर्न सक्नेछ ।यसबाट प्रयोगकर्ताहरका फलोअरहरुलाई विभिन्न तरिकाबाट सन्देश प्रवाह गर्ने अवसर प्राप्त हुनेछ । विश्वमा ८ करोडभन्दा बढी भाइबर प्रयोगकर्ताहरु रहेका छन् ।

प्रकाशित : ३० कार्तिक २०७३, मंगलबार ००:००