१२ बैशाख २०८१, बुधबार । April 25, 2024

मुख्य खबर

कोठे अवधारणाले कर्णालीको विकास हुँदैन : राज्यमन्त्री तामाङ



जुम्ला, २९ कात्तिक । कृषि राज्यमन्त्री राधिका तामाङले कोठाभित्रको अवधारणाबाट निर्मित योजनाले कर्णाली विकास हुन नसक्ने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल जुम्लाद्वारा आइतबार बेलुका आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री तामाङले सिंह दरबारको कोठभित्र कर्णालीलगायतका दुर्गम क्षेत्रका योजनाको अवधारणा तयार हुनु बिडम्बना हो भन्नु भयो ।

सिंह दरबारबाट नियालेको कर्णाली यहाँ पुगेर वस्तुगत अवस्थाको अनुभव गर्न पाउँदा सोचेभन्दा माथि पाएको भन्दै यसको समुचित विकासमा राज्यको ध्यान केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “कर्णाली ६ नं प्रदेशको जुम्ला कृषि सुपर जोनमा छनोट भएको जिल्ला हो, यहाँ उत्पादन हुने स्याउ लागत आम्दानीमा गिरावट आउन नदिन बृहत् कोल्ड स्टोर निर्माण गर्नुपर्छ र अन्य विशिष्ट योजनाका लागि कृषि विकास मन्त्रालयले पहल थालेको छ,” उहाँले भन्नुभयो ।

कृषिको आधुनिकीकरण गर्न दस्ताबेज बनाइसकेको जनाउँदै राज्यमन्त्री तामाङले पछिल्लो समयमा सरकारले किसान आयोग बनाउने पहलमा लागेको छ भन्नुभयो ।

प्रकाशित : २९ कार्तिक २०७३, सोमबार ००:००