९ चैत्र २०८०, शुक्रबार । March 23, 2024

अर्थ

सेयर बजारमा दुई अर्ब बढीको कारोबार



काठमाडौँ, २७ कात्तिक । धितोपत्र बजारमा साताभर नेप्से परिसूचक घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेन्जकाअनुसार साताभर पुँजी बजार ५१ दशमलव ९५ अङ्कले ओरालो लागेर एक हजार ६९७ अङ्कमा आएर रोकिएको छ ।

कारोबारको हिसावले साताको अन्तिम दिन बिहीबार मात्रै बजार समान्य रुपमा वृद्धि भएको थियो । यो साताको बजार खुलेको पहिलो दिन सोमबार बजार दोहोरो अङ्कले ओर्लिएको थियो । सो दिन १३ दशमलव ०९ अङ्कले बजार घटेको थियो ।

यस्तै, मङ्गलबार पनि बजार २४ दशमलव ६३ अङ्कले घटेर एक हजार ७२४ दशमलव ४९ अङ्कमा ओर्लिएको थियो । बुधबार पनि बजार ओर्लिनेक्रमले निरन्तरता लिदै नेप्से परिसूचक एक हजार ७०० अङ्क भन्दा मुनि अर्थात् एक हजार ६९६ बिन्दुमा ओरालो लाग्यो ।

बजारमा कारोवारका हिसाबले अन्तिम दिन बिहीबार भने शुन्य दशमलव ३१ अङ्कको झिनो सुधार देखिएको थियो । १२९ कम्पनीको १० लाख ६५ हजार ३५१ कित्ता सेयर खरिदबिक्री भएको बिहीबार रु ७० करोड ८० लाख ४२ हजार २९८ को कारोवार भएको थियो ।

साताभर कुल रु दुई अर्ब ८४ करोड ५३ लाख ५९ हजार बराबरको ४० लाख छ हजार ८९० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

प्रकाशित : २७ कार्तिक २०७३, शनिबार ००:००