१२ बैशाख २०८१, बुधबार । April 24, 2024

समाचार

सरकारका सय दिन त्यतिकै खेरगयोः सचिव ज्ञवाली



काठमाडौँ २७ कात्तिक । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले सरकारको सय दिन देश र जनताले अनुभूति गर्ने काम नगरी त्यतिकै खेरगएको बताउनुभएको छ ।

रिपोटर्स क्लबले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सय दिनमा सरकारले संविधान कार्यान्वयन तर्फ कुनै ध्यान नदिएको र निर्वाचनको कुनै तयारी नगरेको आरोप लगाउनु भयो । उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा पनि खासै प्रगति नभएको उल्लेख गर्नु भयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाले सरकारका सय दिनमा गरेका काममा केही कमजोरी भए पनि सफलता उन्मूख भएको बताउनुभयो ।

उहाँले सय दिनमा प्रधानमन्त्री पुष्पकमल दाहालले कर्मचारी तन्त्र, मन्त्रिपरिषद् र आफ्नो निजी सचिवालयलाई चुस्तदुरुस्त रुपले लैजान नसकेको बताउनुभयो । उहाँले राज्य व्यवस्थालाई पनि प्रधानमन्त्रीले संस्थागत रुपमा सञ्चालन गर्न नसकेको स्वीकार गर्नुभयो । उहाँले प्रधानमन्त्री दाहालले सय दिनमा राष्ट्रिय सहमति कायम गर्नका लागि विभिन्न राजनीतिक दलसँग छलफल बहसलाई भने तीव्रता दिएको बताउनुभयो ।

प्रकाशित : २७ कार्तिक २०७३, शनिबार ००:००