७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

संविधान संशोधनमा रचनात्मक सहयोग गर्ने : अध्यक्ष थापा



तिलोत्तमा (रुपन्देही), २७ कात्तिक । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले गर्न लागेको संविधान संशोधनमा पार्टीले रचनात्मक सहयोग गर्ने बताउनुभएको छ ।

उहाँले संविधान संशोधनमा ढिलाइ गर्दा थप जटिलता आउने भएकाले छिटो उक्त प्रक्रियामा जानुपर्ने बताउनुभयो ।

रिपोटर्स क्लब लुम्बिनीद्वारा आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधनका क्रममा हिन्दूराज्य कायम गर्न संसदमा संशोधन प्रस्ताव आफ्नो पार्टीले पेस गर्ने जानकारी दिनु भयो । अध्यक्ष थापाले राजनीतिक दल सत्ताखेलमा लागेका कारण संविधान कार्यान्वयन र निर्वाचनमा आशङ्का उत्पन्न भएको विचार व्यक्त गर्नु भयो ।

लोकमान प्रकरण बारे सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष थापाले यत्रो महत्वपूर्ण विषयमा दलसँग परामर्श नगर्नु गलतभएको भन्दै आफ्नो पार्टीले उचित समयमा उचित निर्णय लिने बताउनुभयो ।

मधेसका समस्या चाँडो समाधान गर्न नसके संविधान कार्यान्वयनमा कठिनाइ हुने थापाको भनाइ थियो ।

प्रकाशित : २७ कार्तिक २०७३, शनिबार ००:००