४ बैशाख २०८१, मंगलबार । April 16, 2024

अर्थ

पाँचथरमा अलैंची उत्पादन बढ्यो



पाँचथर :  जिल्लामा यो वर्ष अलैंचीको उत्पादनमा बृद्धि भएको छ । गत वर्ष जिल्लामा ६ सय २७ दशमलव २७ मेट्रिकटन उत्पादन भएको थियो । यो वर्ष ७ सय १५ दशमलव ०८ मेट्रिकटन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अलैंचीमा रोग–किराको प्रकोप हट्दै गएको र किसानले नयाँ बगान समेत विस्तार गरेकाले उत्पादनमा बृद्धि भएको हो । उत्पादन बढे पनि मूल्य घट्दा किसान भने निरास छन् । गत वर्ष प्रतिमन १ लाख रुपैंयाँसम्ममा बिक्री भए पनि यो वर्ष प्रतिमन ५३ हजारमा मात्र बिक्री भइरहेको छ । जिल्लाको रानीटार, लुङरुपा, याङ्नाम, सिदिन, प्राङबुङ, मेमेङ, ओयाम, च्याङथापु लगायतका गाविसहरुमा अलैंची उत्पादन हुने गरेको छ ।

प्रकाशित : २७ कार्तिक २०७३, शनिबार ००:००