१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

ग्लोबल

ब्लड क्यानसरका बिरामीलाई ओखलढुङ्गा सेवा समाज कतारको सहयोग



ओखलढुङ्गा सेवा समाज कतारले ब्लड क्यानसरका बिरामी बीस बर्षीया अनिका तामाङलाई आर्थिक सहयोग गरेको छ । ओखलढुङ्गा मुलखर्क–१ का तामाङलाई उपचारको लागि १ लाख २ हजार ५ सय ९२ रुपैयाँ सहयोग गरेको हो ।
ओखलढुङ्गा सेवा समाज कतारले अक्टोबर १४ देखि नोभेम्बर ४ सम्म तीन हाप्त सहयोग संकलन अभियानमा गरेको थियो । अभियानमा संकलन भएको रकम ओखलढुङ्गा सेवा समाज कतारका प्रथम उपाध्यक्ष भीम तामाङले सोमबार अनिकालाई हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा ओखलढुङ्गा सेवा समाज नेपालका अध्यक्ष नवराज श्रेष्ठ, उपाध्यक्ष पदम पाख्रिन, सचिव इश्वर दाहाल, सदस्य राम थापा, अशोक गोले, ओखलढुङ्गा ह्याङ्ला तामाङ समाज सेवाका अध्यक्ष प्रेम सुन्दर तामाङ, ओखलढुङ्गा काठमाडौं सम्पर्क मञ्च एमालेका अध्यक्ष चन्द्रशेर राई, व्यवसायी लील तामाङ, गायक जीवन बम्जन तथा बिरामीका आफन्तहरु उपस्थित रहेका थिए ।
अनिकाको दुई महिनादेखि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौंमा उपचार भइरहेको छ । उनको उपचारको लागि २० देखि ३० लाखको हाराहारीमा रकम आवश्यक रहेको र घरको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग संकलन अभियान चलाइएको बिरामीका मामा गणेशबहादुर तामाङले बताए ।

प्रकाशित : २७ कार्तिक २०७३, शनिबार ००:००