१२ श्रावण २०८१, शनिबार । July 27, 2024

Life Style

अनावश्यक शरिरका रौं हटाउन हेअर रिमुभल



laser-hair-removal-chest

यसका बारेमा प्राय सोधिने प्रश्नका उत्तरहरु :-

लेजर हेअर रिमुभल के हो ?

एउटा विशेष प्रकारको बत्तीको किरण प्रयोग गरी शरीरमा भएका अनावश्यक रौं हटाउने प्रक्रियालाई लेजर हेअर रिमुभल भनिन्छ । यसले बढ्ने प्रक्रियामा रहेका रौंका जरालाई मार्ने काम गर्छ जसले गर्दा फेरि त्यही जराबाट नयाँ रौं पलाउँदैन । कुनै पनि समयमा २० प्रतिशत रौं मात्र बढ्ने क्रममा हुने हुँदा सन्तोषजनक रिजल्टका लागि एक–एक महिनाको फरकमा करिब ६ देखि ८ पटकसम्म यो ट्रिटमेन्ट गराउनुपर्ने हुन्छ ।

यसो गर्दा फेरि कहिल्यै रौं आउँदैन त ? 
पूरै रौं नआउने त होइन तर पहिलेभन्दा धेरै कम रौं आउँछ । त्यसैले यसलाई लेजर हेअर रिमुभल नभनेर लेजर हेअर रिडक्सन भन्ने चलन छ ।

यसले शरीरमा केही नकारात्मक असर पार्छ कि ?
सामान्यतया कुनै नकारात्मक असर पर्दैन । यद्यपि हजारौंमा एक जनालाई दाग बस्ने सम्भावना हुन्छ । त्यस्तो नहोस् भनेर लेजर उपचार गर्नुभन्दा एक दिनअघि लेजर प्याच टेस्ट गर्नुपर्छ जसले गर्दा सम्बन्धित व्यक्तिको छालामा यो ट्रिटमेन्ट गर्नुहुन्छ कि हुँदैन निक्र्यौल गर्न सहज हुन्छ ।

लेजर हेअर रिमुभलले कत्तिको पीडा हुन्छ ? 
पटक्कै दुख्दैन, अलिअलि तातो मात्र महसुस हुन्छ ।

कुरा बुझ्नु भयो होला ।

प्रकाशित : १८ कार्तिक २०७३, बिहिबार ००:००